निर्माणाधीन १० सैयाको महाबु अस्पताल ढलान हालेको केहि महिनामै भास्कियो

कर्णाली दृष्टि संवाददाता ९ असार २०८०, शनिबार ०९:०५

दैलेख । जिल्लाको महाबु गाउँपालिकामा निर्माणाधीन १० सैयाको महाबु अस्पताल ढलान हालेको केहि महिनामै ढलान भासिएको छ । यो भवनले केहि दिन यता सामाजिक संजालमा चौतर्फी बिरोध संगै आलोचना खेपिरहेको छ ।,’भने ढलानको केहि भाग लोड बडी भई ढलान भास्किदा पानी थिउरिने र पानी चुहिने केहि भाग चर्किने भएको  छ ।

निर्माणाधीन १० करोड लागत बराबरको १० सैया महाबु अस्पतालको भवनको करिब ५० प्रतिशत काम भैसकेको र ५० प्रतिशत काम हुन बाकी रहेको न्यौपाने निर्माण सेवाका प्राबिधिक पवन संज्याल जानकारी दिए।’उनका अनुसार भारत बाट कामदार सहितको टोलि आइ. बिम ल्याएर २४ वटै कोठामा आइ. बिम हालिसकेपछी सुधार हुन्छ भन्ने छ। यदि नभएको खण्डमा इन्जिनियरको परामर्श अनुसार काम गर्ने संज्यालले जानकारी दिए ।

महाबु गाउँपालिका का. बा. अध्यक्ष मन्जु शर्मा पाण्डेले सरकारको करोडौं लागतको अस्पताल यसरी ढलान निर्माण अबस्थामानै भास्किने र पानी चुहिने भयो ।,’भने पालिकाबाट भुक्तानी रोक्ने बताएकि छन् । न्यौपाने निर्माण कम्पनीका संचालक भक्ती न्यौपाने संगको कुराकानीमा डि.पि. आरमा बिचकभगमा बिम नहुदा लोड बढी भएर भासिएको हो हामीले स्टमेटमा थिएन, हामीले स्टमेट अनुसार काम गरेका हौं ।’आई बिम हालेपछि हुन्छ भन्ने कुरा निर्माणका संचालक न्यौपानेले अध्यक्ष शर्मालाई जानकारी दिए ।

Next Post

मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने

९ असार २०८०, शनिबार ०९:०५
सुर्खेत। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने भएका छन्। आगामी मंगलबार बिश्वासको मत लिनेगरी प्रदेश सचिवालयमा औपचारिक जानकारी गराइएको मुख्यमन्त्री शर्माले जानकारी दिए। प्रदेश सभामा सचिवालयमा आज बिहान १० बजे नै पत्र प्राप्त भएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए। केन्द्रमा बदलिएको राजनीतिक समीकरण पछि कर्णालीमा कांग्रेसले […]