समिक्षा अधिकारी र नरेश खातीको दोहोरी गीत ‘पिपलू वर’ बजारमा

कर्णाली दृष्टि संवाददाता १६ कार्तिक २०७७, आईतवार ०९:५९

काठमाडौं । ‘माया मारेर, नजाउन निरमाया एक्लै पारेर’ गीत गाएर दर्शकश्रोताको मन जित्न सफल जोडी नरेश खाती र समिक्षा अधिकारीको संयुक्त आवाजमा ‘पिपलू वर’ भर्खरै सार्वजनिक भएको छ ।

खाती र अधिकारको संयुक्त आवाजमा रहेको दोस्रो गीत पिपलूवर भिडियोसहित सार्वजनिक भएको हो । गायक स्वयम् खातीकै शब्द संगीत रहेको गीतमा कलाकार पल शाह र अस्मिता पन्तको अभिनय रहेको छ ।

‘चौतारीमा सोल्टिज्यु पिपलूवर, तिमीनै हौ सोल्टिज्यु मेरो त को छ र ?’ गीतमा आफुले माया गर्नेमान्छेलाई आफ्नो प्रेम दर्शाईएको छ । विक्रम चौहानको निर्देशन रहेको गीतलाई विशाल ईन्टरटेन्मेन्टको अफिसियल युट्युवमार्फत समर्वजनिक गरिएको हो ।अघिल्ला गीतहरुलेजस्तै यो गीतलेपनि दर्शकश्रोताको मन जितोस हाम्रो शुभकाना ।https://youtu.be/ZSkMytR_iZo

Next Post

काङ्ग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणबाट मृत्यु ।

१६ कार्तिक २०७७, आईतवार ०९:५९
वीरगञ्ज । नेपाली कांग्रेसका महासमिति सदस्य मदन मण्डलको कोरोना संक्रमणका कारण निधन भएको छ । बाराको आदर्शकोतवाल गाउँपालिकास्थित टेडाकट्टीका ४५ वर्षीय मण्डलको आइतबार बिहान निधन भएको हो । शनिबार कोरोना संक्रमण पुष्टि भएपछि थप उपचारका लागि काठमाडौंको नर्भिक अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको नेपाली कांग्रेस बारा क्षेत्र नं. १ […]