जीप दुर्घटना हुँदा एकै गाउँका चार जनाको ज्यान गयो, १८ जना घाइते

कर्णाली दृष्टि संवादाता ३१ चैत्र २०७७, मंगलवार ०७:२५


काठमाडौं :दोलखामा जीप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ ।दोलखाको बिगु गाउँपालिका-४ लादुकमा गएराति प्रदेश ३-०१-०२३ च ७५८० नम्बरको जीप दुर्घटना हुँदा बिगु-३ का २४ वर्षीया चण्डीका थापा, ३५ वर्षीय विनोद केसी, ४५ वर्षीया अजिता खत्री, ५२ वर्षीया राधा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

सिन्धुपाल्चोकको तातोपानी गएर फर्किएको जीप बिगु गाउँपालिकाको लादुकमा दुर्घटनामा परेको हो । दुर्घटनामा चालकसहित १८ जना घाइते भएका छन् । उनीहरुमध्ये ७ जनाको दोलखामा र अरुको धुलिखेल तथा काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

Next Post

मुख्यमन्त्री शाहीको पक्षमा मतादान गर्ने ४ जना सांसदलाई एमाले बाट निष्कासन

३१ चैत्र २०७७, मंगलवार ०७:२५
सुर्खेत । कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतादान गर्ने ४ जना सांसदलाई एमालेले पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक समितिले कर्णाली प्रदेशमा फ्लोर क्रस […]