पत्रकार अधिकारीमाथि भएको अभद्र व्यवहारप्रति पत्रकार महासंघ दैलेखको ध्यानाकर्षण

कर्णालीदृष्टी संवाददाता १९ जेष्ठ २०७९, बिहीबार १८:४४

दैलेख । नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखले पत्रकार उदयराज अधिकारीमाथि भएको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

बुधबार पुर्वाधार बिकास कार्यालय दैलेखका कार्यालय प्रमुख प्रभाकर प्रसाद सिंहले सुचनाको हक प्रयोग गरि सुचना माग गर्न गएका पत्रकार उदयराज अधिकारीलाई अभद्र व्यवहार तथा धम्किपुर्ण भाषा प्रयोग गरेको भन्दै महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

बिहिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै पत्रकार महासंघ दैलेख शाखाले सुचनाको हक प्रयोग गरि सुचना माग्न गएका पत्रकार अधिकारीलाई पुर्वाधार विकास कार्यालय दैलेखका कार्यालय प्रमुख सिंहले गरेको अभद्र व्यवहार र धम्किप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

अधिकारी नेपाल पत्रकार महासंघ दैलेखका सदस्य, धमाका दैनिकका सह सम्पादक,प्रेस चौतारी नेपाल दैलेखको सचिब तथा थाहाखबरका जिल्ला संबाददाता हुन ।

दुई महिना अघि लिखित निवेदन दिएर सुचना माग्दा समेत बेवास्ता गरेको र बारम्बार फोनमार्फत जानकारी उपलब्ध गराईदिन अनुरोध गरेपछि मागेको विवरण लिन बोलाएर कार्यालयमै अभद्र व्यवहार गरि आम नागरिकलाई सुचना पाउने अधिकारबाट बञ्चित गर्न खोजिएको बिज्ञप्तिमा भनिएको छ ।

नेपालको संबिधानको दफा २७ मा सुचनाको हक अन्र्तरगत प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनैपनि बिषयको सुचना माग्ने र पाउने हक हुने भनिएको छ । संबिधानको उलङ्घन नगर्न र आम नागरिकले सुचनाको हक प्रयोग गर्न पाउने अधिकारमाथि खेलबाड नगर्न सेवाग्राहिसंग सिष्ट र मर्यादित व्यवहार गर्न पनि पत्रकार महासंघ दैलेखले बिज्ञप्तिमार्फत सचेत गराएको छ ।

महासंघले स्वतन्त्र, व्यवसायिक पत्रकारितामा कोहि कसैले पनि आँच पुर्याउने खालका काम नगर्न अनुरोभ गरेको छ । पत्रकार अधिकारीमाथि भएको घटनाको तत्काल सत्य तथ्य छानबिन गरि दोष्उिपर कारवाही प्रक्रियाको थालनि गर्न सम्बन्धित पक्षसंग जोडदार माग गर्दछौ ।’ नेपाल पत्रकार महासंघ दैलेख शाखाका कार्यबाहक अध्यक्ष महेन्द्र सापकोटाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ ।

Next Post

कर्णालीमा १० महिनामा २५ प्रतिशत बजेट खर्च

१९ जेष्ठ २०७९, बिहीबार १८:४४
सुर्खेत । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा २५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको वैशाख मसान्तसम्म चालू र पुँजीगत गरी कुल बजेटको २५.६१ प्रतिशत बजेट खर्च गरेको हो । यो गत आर्थिक वर्षमा यही अवधिमा खर्च भएको बजेटको चार प्रतिशत […]

सम्बन्धित समाचार