चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरका लागि एमालेबाट शाही उम्मेदवार

कर्णालीदृष्टी संवाददाता २८ चैत्र २०७८, सोमबार ०७:३९

दैलेख । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाको मेयरका लागि नेकपा एमालेले सूर्यबहादुर शाहीलाई उम्मेदवार चयन गरेको छ । आईतबार बसेको नगर कमिटी बैठकले शाहीलाई मेयरका लागि उम्मेदवार बनाउँने निर्णय गरेको हो ।

शाही पूर्व राष्ट्रिय भूमि आयोगका दैलेख जिल्ला अध्यक्ष सँगै नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटी सदस्य समेत हुनुहुन्छ ।

नेता शाहीे केही समय अगाडी सकिएको नेकपा (एमाले) जिल्ला कमिटि दैलेख अध्यक्षको दावेदार भएपनि निर्वाचनमा पराजित हुनुभएको थियो ।

यस्तै, नगर उपप्रमुख र वडा अध्यक्षको टुंगो भने ३० गते लाग्ने एमालेले जनाएको छ ।

Next Post

डोल्पाको जगदुल्ला र दैलेखको अपर पराजुली खोलामा शेयर लगानी गर्ने निर्णय

२८ चैत्र २०७८, सोमबार ०७:३९
सुर्खेत । कर्णाली प्रदेश सरकारले डोल्पामा निर्माण हुन लागेको जगदुल्ला र दैलेखको अपर पराजुली खोला जलविद्युत् आयोजनामा शेयर लगानी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेश सरकारको जनताको जलविद्युत् (सञ्चालन र व्यवस्थापन) कार्यविधि २०७५ बमोजिम जगदुल्लामा रु ११ करोड ७१ लाख ५० हजार तथा अपर पराजुलीमा रु […]