राष्ट्रिय भूमि आयोग मुगुको अध्यक्षमा विश्वकर्मा

कर्णालीदृष्टी संवाददाता २९ चैत्र २०७८, मंगलवार ०६:४५

मुगु । सरकारले मुगुको राष्ट्रिय भूमि आयोग अध्यक्षमा लाल चन्द विश्वकर्मालाई नियुक्ति गरेको छ । त्यसैगरी विज्ञ सदस्यमा लोकेन्द्र मल्ल, महिला सदस्यमा भनकला ऐडी नियुक्त हुनुभएको छ ।

उक्त आयोगमा प्रमुख जिल्ला अधिकारी, समन्वय अधिकारी, डिभिजन वन प्रमुख सदस्य र नापी कार्यालय प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।

जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको कार्यालय स्थापना गरी कामकाज अघि बढाइएको छ । सुकुम्बासी दलित भूमिहीन व्यक्तिको लगत संकलन गरी चाँडै लालपूर्जा वितरण गरिने आयोगका अध्यक्ष विश्वकर्माले बताउनुभयो । कुरा भन्दा पनि काम गरेर देखाउँदा आयोगप्रति विश्वास बढ्ने उहाको भनाइ छ ।

आयोगको काम चुस्त दुरुस्त र पारदर्शिता रहने सदस्य सचिव विनिता शाहीले बताउनुभयो । मुगुका भूमिहीन व्यक्तिले लालपूर्जा वितरण गरी जग्गाको स्वामित्व अनुभव गराइने उहाको भनाइ थियो ।

Next Post

अवैध काठसहित सुर्खेतमा चार जना पक्राउ

२९ चैत्र २०७८, मंगलवार ०६:४५
सुर्खेत । प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोट स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ अवैध रुपमा लिँदै गर्दा बरामद गरेको छ । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतले सोमबार साढे १२ बजेको समयमा बाङ्गेसिमलबाट उक्त काठ बरामद गरेको हो । प्रहरीका अनुसार सालकोटदेखी सल्लीबजार सल्यान तर्फ भे १ ख १२४२ नम्बरको मिनि ट्रकमा […]