अवैध काठसहित सुर्खेतमा चार जना पक्राउ

कर्णालीदृष्टी संवाददाता २९ चैत्र २०७८, मंगलवार ०६:५५

सुर्खेत । प्रहरीले सुर्खेतको पञ्चपुरी नगरपालिका–२ सालकोट स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ अवैध रुपमा लिँदै गर्दा बरामद गरेको छ । प्रहरी चौकी बाङ्गेसिमल सुर्खेतले सोमबार साढे १२ बजेको समयमा बाङ्गेसिमलबाट उक्त काठ बरामद गरेको हो ।

प्रहरीका अनुसार सालकोटदेखी सल्लीबजार सल्यान तर्फ भे १ ख १२४२ नम्बरको मिनि ट्रकमा भेरीगंगा नगरपालिका–९ का ३९ वर्षीय रामजी गुप्ताले ब्यक्तिगत प्रयोजनका लागि स्वास्थ्य चौकी भवनको पुरानो सालको काठ लैजाँदै गर्दा काठ बरामद गरेको छ ।

चेकजाँच गर्दा काठको १ वटा ढोका, ठुलोमा १५ वटा झ्याल, सानोमा ५ वटा झ्याल र अन्य फुटकर ४० पिस काठको टुक्राहरू फेला परेपछि वन कार्यालयलाई प्रहरीले खबर गरेको थियो ।

उक्त खबर प्रश्चाप वन डिभिजन कार्यालय सुर्खेतबाट खटिएको सशस्त्रसहितको टोलीले वन कार्यालयमा कुनै समन्वय नगरेर उक्त काठ अवैध भएको भन्दै ट्रकसहित ट्रकमा सवार व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ ।

Next Post

पाकिस्तानको २३ औँ प्रधानमन्त्रीमा शहबाज शरीफ निर्वाचित

२९ चैत्र २०७८, मंगलवार ०६:५५
पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै […]