दैलेख : महाबु गाउँपालिकामा शुक्रबार देखी आँखा अप्रेसन शिविर संचालनमा आएको छ । गाउँपालिकामा एक कार्यक्रम बिच कर्णाली प्रदेश माननीय मन्त्री कृष्ण कुमार बि.सि. का.वा. अध्यक्ष मन्जु शर्मा पाण्डे र नि. बर्तमन अध्यक्ष जंगबहादुर शाहीले अप्रेसन शिविर उत्घाटन गरेका थिए।
उक्त कार्यक्रममा मन्त्री बिसिले हाम्रो शरीर स्वस्थ रह्यो भने मात्र हामीले विभिन्न कामकाज गर्न सक्छौं, स्थानीय सरकारले घर आगनमै मोतिबिन्दु आखा शिविर अप्रेसन संचालन गरेकोले राम्रोसँग उपचार गर्न आमबासिलाई अनुरोध गरेका हुन्, । ´यस्तै नि. वर्तमान अध्यक्ष शाहिले आफ्नो पालामा स्वास्थ इकाई टोल बस्तीमा स्थापना गरि एउटा सिटामोल खानेसम्म बाताबरण सिर्जना गरेको र कोभिड महामारीमा प्रयाप्त सामाग्री जोडेपनी अझै नपुगेको र आगामी दिनमा स्वास्थ्य जस्तो क्षेत्रमा अझै ब्यबस्थापन गर्ने बताए । का.बा. अध्यक्ष मन्जु शर्मा पाण्ले स्थानीय सरकार एकदमै नजिको सरकार हो ´। हामी सरकारमा आईसकेपछी हरेक उपचार सहित सेवा सुबिधा गाउँ बस्ती बाट प्रभाह गरेको बताइन् । यस्तै नेपाल रेडक्रस दैलेख शाखा अध्यक्ष निराजन केसि., स्वास्थ्य शाखा प्रमुख राजेश बुढा, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय, सामाजिक बिकाश शाखा संयोजक रमेशकुमार दसौदी, कनक सेन डा. मन्जु पन्त खड्का लगाएत सम्पुर्णले आफ्नो मन्तव्य राखएका थिए ।
बैशाख २२ गतेदेखी २७ गते सम्म मोतिबिन्दु छनोट आँखा शिविर गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाईमा बाट छनोट भईरहेका बिरामिहरुलाई महाबु अस्पतालमा अप्रेसन र चस्मा वितरण गरेको स्वास्थ्य शाखा प्रमुख राजेश बुढाले बताए । उनका अनुसार महाबु गाउँपाकिकाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पताल सुर्खेत र तेज कोहली एण्ड रुईत फाउन्डेसन काठमाण्डौको संयुक्त तथा प्राबिधिक संयोगमा मोतिबिन्दु छनोट शिविर संचालन भएको बताए । मोति बिन्दु अप्रेसन सिबिर मा चस्मा चाहिने बिरामी को लागि आर्थिक सहयोग एक लाख सोह्र हजार आठसय रकम प्रदान गर्नु हुने कर्मचारी युनियन का पुर्ब महासचिब शुसिल कुमार केसी, कर्मचारी युनियन सुर्खेत का अध्यक्ष गणेश कुमार थापा, गगामाला आधारभुत बिध्यालय पिपिरा सुर्खेत का शिक्षक सान्ता कुमारी खड्का लगायत महाबु गाउपालिकाको आर्थिक तथा भौतिक सहयोगमा कार्यक्रम भएको हो ।
नेत्ररोग विशेषज्ञ डाक्टर मन्जु पन्त खड्का नेतृत्व को टिमले शुक्रबार मोतिबिन्दु अप्रेसन शिविरको पहिलो दिन ६० जना को सल्यक्रिया गरेको र बैशाख २९ देखी ३१ गते सम्म संचालन हुने कुरा बुढाले जानकारी दिए ।