दैलेखमा सत्ता गठबन्धनको सम्पर्क कार्यालय स्थापना

कर्णालीदृष्टी संवाददाता १ बैशाख २०७९, बिहीबार ०८:२०

दैलेख । दैलेखमा सत्ता गठबन्धन दलहरुको सम्पर्क कार्यालय खुलेको छ । सत्ता गठबन्धनमा रहेको दलहरुको जिल्ला निर्वाचन सम्पर्क कार्यालय खुलेको हो ।

गठबन्धन दलहरु नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र जनता समाजवादीले संयुक्त रुपमा कार्यालय स्थापना गरेका हुन् ।

जिल्ला सदरमुकामस्थित नारायण नगरपालिका–१ मा कार्यालय खुलेको हो । नेकपा (एकिकृत समाजवादी) कर्णाली प्रदेश अध्यक्ष अम्मरबहादुर थापाले काँग्रेस सभापति मणिराम रेग्मी, नेकपा (माओवादी केन्द) का संयोजक प्रेम कटुवाल क्षेत्री लगाएत गठबन्धन दलका नेता कार्यकर्ताको उपस्थितीमा कार्यालय उद्घाटन गर्नुभएको हो ।

Next Post

आज नयाँ वर्ष, हर्षाेल्लासका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइँदै

१ बैशाख २०७९, बिहीबार ०८:२०
काठमाण्डाै – आज विक्रम संवत् २०७९ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका […]