सत्ता गठबन्धनको बैठक बस्दै, एमसीसीमा सहमति जुट्ने सम्भावना कम

कर्णालीदृष्टी संवाददाता ६ फाल्गुन २०७८, शुक्रबार ०७:२८

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । बिहान १० बजेपछि बस्ने बैठकमा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता टेबल गर्ने तथा संसद् बैठकको अवरोध हटउने लगायत विषयमा छलफल हुनेछ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा हिजो बेलुका बसेको बैठक निष्कर्षमा नटुङ्गिएकाले संसद् बैठक अघि आज फेरि छलफल हुन लागेको हो ।

हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी प्रधान कार्यालयले आउँदो १६ गतेभित्र सम्झौता अनुमोदनका लागि गरेको आग्रहलाई समयमै पूरा गर्न अनुरोध गर्नुभएको थियो ।

उहाँले संसदमा एमसीसीलाई जतिसक्दो छिटो टेबल गर्ने तयारी गर्नु भएको छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादीले यथास्थितिमा अगाडि नबढाउने अडान दोहोर्याउँदै आएका छन् ।

अमेरिकाले एमसीसीमा कुनै संशोधन नहुने बताइसकेकाले आजको बैठकमा पनि सहमति जुट्ने सम्भावना कम छ । प्रधानमन्त्री देउवाले अस्ति बुधवार नै संसदमा एमसीसी टेबल गर्ने तयारी गरे पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा आजसम्मका लागि स्थगित गरिएको थियो ।

Next Post

कर्णाली सरकारको मुल ढोकामै जनताको आवश्यकता र चुनौती: मन्त्री शाही

६ फाल्गुन २०७८, शुक्रबार ०७:२८
सुर्खेत । कर्णालाी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले कर्णाली सरकारको मुल ढोकामा कर्णालीका जनताको आवश्यकता, आंकाक्षा पिडा र चुनौतीहरु रहेकोले यस्ता सबै समस्याहरुलाई समाधान गरिने बताउनु भएको छ । शुक्रबार नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशले आयोजना गरेको दुइ दिने पलानिङ वर्कसप कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्वोधन […]

सम्बन्धित समाचार