कर्णाली प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसदहरूको पारिश्रमिक बढ्यो

कर्णालीदृष्टी संवाददाता २ बैशाख २०७९, शुक्रबार ०७:०२

सुर्खेत । कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरूको सेवा सुविधा बढाएको छ । कर्णाली प्रदेश सरकारले सरकारका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका पदाधिकारी र सांसदहरूको सेवा सुविधामा ५० महिनापछि हेरफेर गरेको हो ।

व्यय भार बढ्ने गरी मन्त्री र सांसदहरूको सुविधा थपेपछि आलोचना भइरहेको छ । सरकारले हेरफेर गरेको अनुसूचीअनुसार मुख्यमन्त्रीको तलब सुविधा ७० हजार सात सय ३० रुपैयाँ पुगेको छ । यसअघि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० रुपैयाँ थियो ।

यस्तै मन्त्रीहरूले ५२ हजार पाइरहेकामा अब ६० हजार तीन सय २० रुपैयाँ पाउने भएका छन् । राज्यमन्त्री, सहायक मन्त्री, सभामुख, विपक्षी दलका नेता, प्रदेश सांसद सबैको पारिश्रमिक बढेको छ ।

Next Post

राष्ट्रपतिबाट झन्डै ५ सय जनालाई विभिन्न विभूषण प्रदान

२ बैशाख २०७९, शुक्रबार ०७:०२
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस २०७८ का अवसरमा विभिन्न व्यक्तिलाई घोषणा गरिएका विभूषण आज बिहीवार प्रदान गर्नुभएको छ । गएको असोज ३ गते संविधान दिवसका अवसरमा सरकारले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषितमध्ये नेपाल रत्न मानपदवी पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरव मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व. सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री […]