प्रदेश नम्बर २ को स्थायी राजधानी ‘जनकपुरधाम’ कायम

कर्णालीदृष्टी संवाददाता ३ माघ २०७८, सोमबार १७:५६

काठमाण्डौ । प्रदेश नम्बर २ ले ४ वर्षपछि स्थायी राजधानी पाएको छ । अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानीको रुपमा कायम गरिएको हो ।

दलहरूको साझा प्रस्तावको रुपमा जनकपुरधाम राजधानी कायम गर्ने प्रस्तावमाथि भएको मतदानमा प्रदेश सभाको दुई तिहाई मत प्राप्त भएपछि जनकपुरधाम नै स्थायी राजधानी कायम भएको हो । प्रदेश सरकार गठन भएको ५ वर्ष हुनै लाग्दा प्रदेश नम्बर २ ले स्थायी राजधानी पाएको हो । तर, नाम भने अझै टुङ्गो लाग्न सकेको छैन ।

प्रदेश सरकार गठन भएको बेला जनकपुर अस्थायी राजधानीको रुपमा कायम गरिएको थियो । प्रदेश सभामा हाल कायम रहेका १ सय ४ सदस्यमध्ये मतदानमा ९९ जना सहभागी थिए । जसमध्ये जनकपुरधामको पक्षमा ७८ मत परेको थियो ।

दुई तिहाइभन्दा बढी मत परेकाले जनकपुरधाम नै स्थायी राजधानी कायम भएको सभामुख सरोज यादवले बताउनुभयो ।

Next Post

प्रेस चौतारी नेपाल दैलेखको छैटो अधिबेशन सम्पन्न

३ माघ २०७८, सोमबार १७:५६
दैलेख । प्रेस चौतारी नेपाल दैलेखको छैटौ जिल्ला अधिबेशन सम्पन्न भएको छ । सोमबार दैलेख सदरमुकाममा सम्पन्न अधिबेशनबाट पूरुसोत्तम थापा (पुस्कर) को अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिती चयन गरिएको छ । छैटौ जिल्ला अधिबेशनबाट थापाको नेतृत्वमा सर्वसहमत नयाँ नेतृत्व चयन गरिएको हो । अधिबेशनबाट उपाध्यक्षमा हिक्मत बहादुर नेपाली, महिला उपाध्यक्षमा […]