जनप्रतिनिधिले उम्मेदवार बन्न राजीनामा दिनैपर्ने

कर्णालीदृष्टी संवाददाता ७ बैशाख २०७९, बुधबार ०६:४३

काठमाण्डौ । सर्वोच्च अदातलतले जनप्रतिनिधिले राजीनामा दिएर मात्र उम्मेदवार बन्न पाउने निर्वाचन आचारसंहिता विरुद्धको रिट खारेज गरेको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आयोगको प्रावधानविरुद्ध रिट दायर गरेका थिए । अब रिट खारेजसँग हालका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिनुपर्नेछ ।

मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

निर्वाचन आयोगले स्थानीय निर्वाचनमा सरकारी कोषबाट पारिश्रमिक तथा आर्थिक सुविधा पाउने व्यक्तिले लाभको पद धारण नगरेको स्वघोषणा गर्दै स्थानीय तहका बहालवाला जनप्रतिनिधिले राजीनामा दिनैपर्ने बाध्यकारी संहिता लागू गरेको हो ।

आयोगले यस पटक २०७४ मै कार्यान्वयन गरेको नियमावलीको प्रावधानअनुसार सार्वजनिक पद धारण गरेको व्यक्ति उम्मेदवार हुन नपाउने गरी स्वघोषणाको व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो ।

Next Post

घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह

७ बैशाख २०७९, बुधबार ०६:४३
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले राजनीतिक दलहरूलाई निर्वाचन घोषणा पत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ । आयोगले स्थानीय तह निर्वाचनका लागि दलहरूले घोषणापत्र जारी गर्नेक्रम सुरू भएकै बेला विज्ञप्तिमार्फ हरेक राजनीतिक दलको प्रतिज्ञापत्रको रुपमा जारी हुने निर्वाचन घोषणापत्र वा प्रतिबद्धता पत्रमा मानव अधिकारको सम्मान, संरक्षण र […]