दैलेखका ११ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कर्णालीदृष्टी संवाददाता ९ बैशाख २०७९, शुक्रबार ०८:२३

दैलेख । यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा निर्वाचन अधिकृत र मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका छन् ।

जिल्लाका ११ स्थानीय तह मध्ये नारायण नगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र अन्य १० स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

निर्वाचन आयोगको परिपत्र अनुसार वैशाख ८ गते मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने निर्देशन बमोजिम कार्यालय स्थापना गरिएको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनु अघि नै जिल्लामा रहेका राजनैतिक दलहरू सँग आचारसंहिता पालना गर्ने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिसकेको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनका विषयमा मात्र छलफल गर्ने र अन्य प्रक्रियाका विषयमा वैशाख ११ गते बाट सुरु हुने छ ।

निर्वाचन कार्यालय दैलेखका निर्वाचन अधिकृत मनमाया काउचाले जिल्लामा रहेका अन्य दश स्थानीय तहमा भने निर्वाचन अधिकृतको कार्यालय स्थापना सँगै गाउँपालिकामा रहेका राजनैतिक दल,नागरिक समाज र सरोकारवाला निकाय बिच सर्वदलीय बैठकको आयोजना समेत गरिएको बताउनुभयो ।

आयोगले उम्मेदवारको मनोनयनको लागि यही वैशाख ११ र १२ गतेको समय तोकेको छ । १३ गते उम्मेदवारमाथि उजुरी दर्ता गर्ने दिन तोकिएको छ भने १४ गते निर्वाचन अधिकृतले त्यसबारेमा निर्णय दिने कार्यक्रम छ ।

उम्मेदवारको मनोनयन, दाबी विरोध, अन्तिम नामावली प्रकाशन गर्ने, मतदानपछि मतगणना लगायत कार्यहरू निर्वाचन अधिकृत कार्यालयले सञ्चालन गर्नेछ ।

Next Post

भैरवीको अध्यक्षमा कांग्रेसबाट हेमलाल जैसीको चर्चा

९ बैशाख २०७९, शुक्रबार ०८:२३
दैलेख । दैलेखको भैरवी गाउँपालिको अध्यक्षका लागी नेपाली काँग्रेसबाट हेमलाल जैसीको नाम सिफारिस भए सँगै गाँउपालीपालिकामा जैसीको चर्चा चल्न थालेको छ । सरल, मिजासिलो र विकास प्रेमी नेता भएका कारण जैसीलाई पालिकाको अध्यक्षमा ल्याउनुपर्ने भन्दै उनको चर्चा चल्न थालेको हो । नेपाली कांग्रेस भैरवी गाउँपालिकाको पार्टी सभापति समेत रहेका जैसी […]