भैरवीको अध्यक्षमा कांग्रेसबाट हेमलाल जैसीको चर्चा

कर्णालीदृष्टी संवाददाता ९ बैशाख २०७९, शुक्रबार १६:४४

दैलेख । दैलेखको भैरवी गाउँपालिको अध्यक्षका लागी नेपाली काँग्रेसबाट हेमलाल जैसीको नाम सिफारिस भए सँगै गाँउपालीपालिकामा जैसीको चर्चा चल्न थालेको छ ।

सरल, मिजासिलो र विकास प्रेमी नेता भएका कारण जैसीलाई पालिकाको अध्यक्षमा ल्याउनुपर्ने भन्दै उनको चर्चा चल्न थालेको हो ।

नेपाली कांग्रेस भैरवी गाउँपालिकाको पार्टी सभापति समेत रहेका जैसी २०७४ सालको स्थानीय निर्वाचनबाट पालीकाको वडा नं. ५ को निर्वाचीत वडाअध्यक्ष समेत हुन ।

गत २०७४ को निर्वाचनमा गाउपालीकाको वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित जैसीले गरेका कामहरु प्रसंसनिय रहेको भन्दै यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट भने उनलाई पालीकाको अध्यक्षका रुपमा ल्याउनुपर्ने स्थानीयबासिको भनाई रहेको भैरवी गाउपालीका ७ कि अमृता पाण्डे बताउछीन ।

उनका अनुसार गाउपालीकाको विकासका लागी बिद्युत नपुगेका बिभीन्न वडाहरुमा बिद्युतीकरणमा जैसीले बिशेष पहल गरेका थिए भने नागरिकको स्वास्थ्य अवस्थालाई हेर्दै कोरोना महामारीमा निःशुल्क सेवाको लागि एम्बुलेन्स, खरिद, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक निर्माण तथा मर्मत जस्ता महत्वकांक्षी कामहरू गरेकै कारण पालीकाको थप बिकासको लागी विकास प्रेमी नेता जैसीलाई भैरवी गाउँपालिकाको अध्यक्षमा ल्याउन सबैले पहल गर्नुपर्ने स्थानीयको जोड छ ।

नेपाली काँग्रेसले भैरवी गाउपालीकाको अध्यक्ष पदका लागी नेता हेमलाल जैसी सहित अन्य ५ जनाको नाम सिफारिस गरेर पठाएको छ । पालीकाको अध्यक्षका लागी जैसीसंगै रिता शाही, प्रेम बहादुर विष्ट, जग्ये बहादुर शाही र जनार्दन ज्ञवालीको नाम सिफारिस गरिएको बताईएको छ ।

सिफारिस गरिएका नामहरुमध्ये जैसी पालिका अध्यक्षको बलियो उम्मेदवार मानीन्छन, ‘श्रोत साधनको कमीका कारण वडामा आफूले भने जति काम गर्न नसकेको स्वईकार गर्दै जैसीले आफु पालीका अध्यक्ष भएमा भैरवीलाई नमुना विकास गरेर देखाउने बताएका छन् ।

Next Post

एस का गाउँ कमिटी सचीव, थापा काङ्ग्रेसमा प्रवेश

९ बैशाख २०७९, शुक्रबार १६:४४
दैलेख : दैलेख महाबु गाउँपालिका २ बडाखोलाका प्रकाश राज थापा नेपासली काङ्ग्रेसमा प्रवेश गरेका छन् नेकपा एकीकृत (समाजबादि) महाबु गाउँकमिटीका सचीव समेत रहेका प्रकाश राज थापाले नेपाली काङ्ग्रेसको सदस्यता लिई शुक्रबार दैलेख बजारमा पार्टी प्रवेश गरेका हुन् । उक्त थापालाई पुर्व जिल्ला सभापति, क्षेत्रीय सभापति, लगायतका कार्यकर्ताले उनलाई सदस्यता दिएका […]