सुर्खेतमा एकै परिवारका ४ जना मृत भेटिए

कर्णालीदृष्टी संवाददाता २ माघ २०७८, आईतवार ०६:५८

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एकै पारिवारका चारजना मृत अवस्थामा भेटिएका छन् । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिका–१०, बुदबुदेमा एकै परिवारका चार जना मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

उहाका अनुसार मृत्यु हुनेमा शिवालय गाउँपालिका ४, जाजरकोटकी ३५ वर्षीया कल्पा बुढासँगै उनका ९ वर्षीय छोरा निरज बुढा, अर्का ८ वर्षीय छोरा चिरञ्जिवी बुढा र कल्पाका दाइ मानबहादुर बुढाका छोरा पाँच वर्षीय सोमराज बुढा मृत अवस्थामा भेटिएका हुन् ।

मृतक कल्पाका श्रीमान कृष्ण बुढा जाजरकोटमा मेडिकल चलाउँदै आउनुभएको छ । वीरेन्द्रनगरमा ७७ वर्षीय ससुरा वीरबहादुर बुढासँगै कल्पा, दुई छोरा र भदै बस्दै आएको प्रहरीले जनाएको छ ।

शुक्रबार बेलुका चारैजना खाना खाएर एउटै कोठामा सुतेका थिए । ससुरा बिहानै पूजाआजाका लागि मन्दिर गएर अपरान्ह् चार बजे फर्किंदा कोही पनि उठेको नदेखेपछि शनिबार बेलुका ६ बजे प्रहरीलाई खबर गरेका थिए । उनीहरू कोठामा भित्रबाट चुक्कुल लगाएर खाटमा सुतेको अवस्थामा मृत भेटिएको डीएसपी घर्तीले बताउनुभयो ।

कल्पनाका श्रीमान जाजरकोटबाट आउँदै गरेको र उहाले आफू आइपुगेपछि अनुसन्धान अघि बढाउन भनेपछि अहिले प्रहरी टोलीले घटनास्थलको सुरक्षा दिइरहेको डीएसपी घर्तीले बताउनुभयो ।

घटनाको कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

Next Post

बाँके निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै

२ माघ २०७८, आईतवार ०६:५८
नेपालगन्ज । बाँके निकुञ्ज र आसपासका सामुदायिक वन क्षेत्रमा वन्यजन्तु र मानवबीच द्वन्द्व बढ्दै गएको छ । लगातार वन्यजन्तुले मध्यवर्तीका बासिन्दामाथि आक्रमण गर्न थालेपछि स्थानीयमा आक्रोश बढेको हो । यसले संरक्षणकर्मी र उपभोक्ताबीच असमझदारी देखिएको छ । वन्यजन्तुको आक्रमणबाट ज्यान गुमाउने व्यक्तिका परिवारले क्षतिपूर्ति तथा परिपूरण रकम पाउने प्रक्रिया पनि निकै झन्झटिलो छ । […]