सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक आज बस्दै छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मतको प्रक्रिया पुरा गरेर मात्र राजीनामा दिने अडानका लिएपछी मंगलबार बैठक बस्न सकेको थिएन । बैठक आज अपराहन्न ३ बजेका लागि बोलाइएको छ ।
माओवादी केन्द्रको मंगलबार बसेको संसदीय दलको बैठकले बुधबार विश्वासको मत लिएर राजीनामा दिने निष्कर्षमा पुगेपछि केन्द्रमा भएको सहमतिलाई प्रदेशले चुनौती दिने देखिएको छ । मुख्यमन्त्री शर्मा केन्द्रमा कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमतिप्रति असन्तुष्ट देखिएका छन् ।
मंगलबार दिनभर माओवादी र एमालेबीच पटक–पटक छलफल भए पनि सहमति हुन नसकेपछि प्रदेश सभाको बैठक नै प्रभावित बनेको थियो । नयाँ सत्ता समीकरण अनुसार कर्णाली प्रदेशको नेतृत्व एमालेलाई दिने सहमति भएको छ । सोही अनुसार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीलाई निर्देशन दिएका थिए ।