सल्यानमा एक्सकाभेटर दुर्घटना, दुई जनाको मृत्यू

कर्णालीदृष्टी संवाददाता ११ बैशाख २०७९, आईतवार १६:२०

सल्यान । सल्यानमा सडक खन्दै गरेको एक्सकाभेटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बाग्चौर नगरपालिका–६ मा सिमखोलीस्थित मनिपोले– जामुनेचौर सडक खन्दै गर्दा रा १ क ७१९ नम्बरको एक्सकाभेटर शनिबार राति दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दाङको बबई गाउँपालिका–४ हापुरे घर भएका चालक ३३ वर्षीय देवराज खत्री र सहचालक छत्रेस्वरी गाउँपालिका १ दमाचौर घर भएका १८ वर्षीय चित्रबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार चालक खत्रीको घटनास्थलमै मृत्यु भएको थियो भने सहचालक विकको उपचारका क्रममा जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको थियो ।

एक्सकाभेटर सडकदेखि अन्दाजी ३० मिटर तल खसेको र कसरी दुर्घटनामा परेको भन्ने खुल्न नसकेको हुन सक्ने उहाँले जानकारी दिनुभयो ।

घटनास्थलको जिल्ला प्रहरी कार्यालय सल्यानबाट प्रहरी निरीक्षक र इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

Next Post

स्थानीय निर्वाचनका लागि कांग्रेसको घोषणापत्र सार्वजनिक

११ बैशाख २०७९, आईतवार १६:२०
काठमाडौँ । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ । कांग्रेसले ‘सबल स्थानीय सरकार ःसमुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरी गरेको हो । आइतबार सानेपास्थित केन्द्रीय कार्यालयमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, […]

सम्बन्धित समाचार