“मुक्तिनाथ विकास बैंक लि.को चौधौं वार्षिक साधारण सभा सम्पन्न”

चक्र प्रसाद पोख्रेल २५ पुष २०७७, शनिबार २१:१३

काठमाडौंःमुक्तिनाथ विकास बैंक लि. ले मिति २०७७ पौष २५ गतेका दिन पोखरामा चौधौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७६÷०७७ को वार्षिक प्रतिवेदन, आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६÷०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांस र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांस वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ ।

बंैकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी गराएका थिए। सोही समारोहमा बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीले शुभकामना मन्तव्य राखेका थिए।
साथै, बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराइएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट सहभागी भएका सेयरधनीहरुबाट सल्लाह, सुझाव र जिज्ञासाहरु प्राप्त भएको थियो । सेयरधनीहरुबाट प्राप्त जिज्ञासाहरुलाई सञ्चालक समितिका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले स्पष्ट पारेका थिए ।

Next Post

एनसेलले ल्यायो विद्यार्थीका लागि ‘एनसेल अडियो क्लास’ योजना

२५ पुष २०७७, शनिबार २१:१३
काठमाण्डौ :एनसेलले विद्यार्थीका लागि एनसेल अडियो क्लासुको योजना ल्याएको छ । यो योजनामार्फत एनसेलको सिमकार्ड भएका विद्यार्थीले उनीहरुको आवश्यकताअनुसार विभिन्न विषयहरु सजिलै अडियोमार्फत अध्ययन गर्न सक्नेछन् । विद्यार्थीले मोबाइलमार्फत पाठ्यक्रममाआधारित पाठहरु मोबाइलबाटै सुन्दै सिक्न सक्ने एनसेलले जनाएको छ । इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स (आइभीआर)मा आधारित यो सेवा कम्पनीले आफ्नो ‘अनपज’अभियानअन्तर्गत ल्याएको […]