राजकुमार शर्माले मुख्यमन्त्री पदबाट राजिनामा दिदै

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार २१:४२

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत नलिई राजीनामा दिने भएका छन्।

केन्द्रमा बनेको सत्ता गठबन्धनको निर्णअनुसार नेकपा एमालेलाई सरकारको नेतृत्व दिन मुख्यमन्त्री शर्माले बुधबार नै राजीनामा दिने लागेका हुन्।

केन्द्रको निर्णय र अध्यक्ष प्रचण्डको निर्देशन कार्यान्वयन गर्दै मुख्यमन्त्री शर्माले राजीनामा दिन लागेको उनको सचिवालयले जानकारी दिएको छ ।

Next Post

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २८ हुने

२१ चैत्र २०८०, बुधबार २१:४२
काठमाडौं। राष्ट्रियसभामा रिक्त रहेका उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ तोकिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले यही चैत २८ गते राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनको मिति तोकेका छन् । साथै निर्वाचनको कार्यक्रम सम्बन्धी सूचना प्रकाशन गर्न संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन समेत दिएका छन् । गठबन्धन दलको सहमति अनुसार गत चैत […]