कालीकोटमा बिजुलीको माग धान्न ३३ केभीए प्रसारण लाइन जडान हुँदै

कर्णालीदृष्टी संवाददाता २२ फाल्गुन २०७८, आईतवार ०७:५२

कालीकोट । कालीकोटमा ३३ केभीए प्रसारण लाइन जडान हुने भएको छ । यसभन्दा अघि दैलेखको दुल्लुदेखि कालीकोट हुँदै जुम्लासम्म ११ केभीए विद्युत् प्रसारण लाइन जडान भए पनि त्यसलाई विस्तार गरेर ३३ केभीए विद्युत् प्रसारण लाइन जडान गर्न लागीएको हो ।

विगतमा कालीकोट र जुम्लामा ११ केभीए प्रसारण लाइन भएको र त्यसले विद्युतको मागलाई धान्न नसकेका कारणले अहिले त्यसको विस्तार ३३ केभीए प्रसारण लाइन जडान हुने नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक जयप्रसाद पाण्डेले बताउनुभयो ।

उहाका अनुसार विगतका ११ केभीए प्रसारण विद्युत् प्रसारण लाइनले माग अनुसारको धान्न नसकेपछि माग अनुसारको विद्युत् आपूर्ति गर्नका लागि ३३ केभीए प्रसारण गर्न लागिएको हो ।

नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले प्रसारण जडानका लागि एक हप्ता लाग्ने र शनिवरादेखि आउँदो आइतवारसम्म बिहान ९ बजेदेखि बेलुकी ६ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जानकारी दिएको छ ।

३३ केभीए प्रसारण लाइन जडान परीक्षण अवधिसम्म पिन, डिस सट हुँदा पोलमा करेन्ट प्रवाह हुनसक्ने र छुँदा करेन्ट लागि दुर्घटना हुने सम्भावना भएकाले विद्युतका पोल स्टेलगायतका विद्युतीय संरचना नजिक नजान आग्रह गरिएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रका प्राविधिक पाण्डेले जानकारी दिनुभयो ।

कर्णाली प्रदेशका १० ओटा जिल्लामध्ये नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ भने हुम्ला, मुगु र डोल्पामा अझै विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान हुनसकेको छैन ।

कालीकोट र जुम्ला गत आर्थिक वर्षमा मात्रै विद्युतको ११ केभीए राष्ट्रिय प्रसारण लाइन जडान भएको थियो ।

Next Post

तनहुँको दमौलीमा लागेको आगो ४ घण्टापछि निभाइयो, ७ वटा घर जले

२२ फाल्गुन २०७८, आईतवार ०७:५२
तनहुँ – तनहुँको व्यास नगरपालिका ४ दमौली बजारमा लागेको आगो झन्डै चार घण्टापछि केहीबेरअघि निभाइएको छ । काठमाण्डौबाट गएको हेलिकप्टर, आठ वटा दमकल, ट्याङ्कर, सेना, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो निभाइएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो । सिम्रिक एअरको हेलिकप्टरले मादी नदीबाट पानी ओसार्दै आगो निभाउन […]