निकुञ्जमा शिकार खेल्न गएका सुर्खेतका चार जना पक्राउ

कर्णालीदृष्टी संवाददाता २४ मंसिर २०७८, शुक्रबार ०७:००

सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका ५, हात्तिखालका ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् ।

उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल तीन थान, बन्दुकको गोली ४१ थान, मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद तीनसय, रेती एक थान, हँसिया तीन थान, सलाई पाँच थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको छ ।

पक्राउ परेका शिकारीहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको छ ।

Next Post

छात्रा बेहोस हुन थालेपछि विद्यालय बन्द

२४ मंसिर २०७८, शुक्रबार ०७:००
जाजरकोट । जाजरकोट सदरमुकामस्थित त्रिभुवन माध्यमिक विद्यालयका छात्रा पठनपाठनको समयमा बेहोस हुन थालेपछि आइतबारसम्मका लागि विद्यालय बन्द गरिएको छ । विद्यालयमा ६ देखि १० कक्षासम्मका छात्रा पठनपाठनकै समयमा केही दिनयता अकस्मात बेहोस हुने, चिच्याउने, रुने लगायत समस्या देखिन थालेपछि विद्यालय नै बन्द गर्नु परेको प्रधानाध्यापक भक्तबहादुर मल्लले बताउनुभयो । बिहीवार […]

सम्बन्धित समाचार