लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान

कर्णालीदृष्टी संवाददाता १६ मंसिर २०७८, बिहीबार ०७:४३

दैलेख । लैङ्गीक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत बुधबार दैलेखका बिभीन्न स्थानहरुमा बिबीध जनचेतना मुलक कार्यक्रमको ओयाजना गरिएको छ ।

बसन्त माध्यामीक बिद्यालय किमुगाउमा आयोजना गरिएको कार्यक्रममा दैलेख प्रहरी प्रमुख भवश्वेर प्रसाद साहले प्रहरी र नागरिक बिचको समन्वयले मात्रै समाजमा शान्ति सुरक्षा कायम गर्न सकिने बताउनुभयो ।

नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तो सुक्कै मुल्य चुकाउँन तयार रहेको बताउदै डिएसपी साहले ,लैङ्गिक हिंसा, दुर्व्यवहार महिला विरूद् हुने सम्पूर्ण हिंसा अन्त्य गर्न सबैले आवज उठाएमा मात्र अत्य हुने बताउनुभयो ।

कार्यक्रममा विद्यार्थीहरुलाई समाजमा देखिएको साईवर क्राईम, सडक दुर्घटना, चोरी, हत्या, घरेलु हिंसा लगाएत कसुरवाललाई कस्तो सजाय दिईन्छ ? प्रहरी र नागरीक सुरक्षामा प्रहरीको महत्व, प्रहरीप्रती सकारात्मक धारणाको विकास, लगायतका बिषयमा जानकारी गराईएको थियो ।

यस्तै कक्षा १० का बिद्यार्थी गोविन्द विकले प्रहरीले समाजमा कसरी अपराध नियन्त्रण कस्तो प्रकारले आफ्नो कार्यक्रम बनाउछ भन्ने जिज्ञासा राख्नुभएको थियो ।

प्रहरीसंग नजीक हुन डर मान्ने बिद्याथीले प्रहरी संग सम्पुर्ण अपराध नियन्त्रण, प्रहरीको भुमिकाका बारेमा जानकारी लिन पाउदा खुसी महशुस भएको बताएका थिए ।

स्वास्थ्यकर्मी र स्वयंसेवीकाहरुलाई प्रतिकार्य तालिम

लैङ्गिक हिंसा हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तरगत बुधबार दैलेखका बिभीन्न स्थानमा छ्ट्टाछुट्टै कार्यक्रमहरु सम्पन्न सम्पन्न भएका छन । दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिकामा कार्यरत महिला स्वास्थ्य स्वयंमसेवीका, स्वास्थ्यकर्मी, सामुदायिक मनोसामाजिक कार्यकर्ता, मामला व्यवस्थापकलाई प्रतिकार्य तालिम प्रदान गरिएको छ ।

कोरोना भाईरस कोभिड १९ को सन्र्दभ सँगै लैगिंक हिंसा रोकथाम तथा प्रतिकार्य कार्यक्रम अन्र्तगत २ दिने तालिम प्रदान गरिएको हो । लैगिंक हिंसामा परेका महिलाहरुको समस्या पहिचान, उपचार सेवा बिधि, कानुनी उपचार सेवा, परामर्स सेवा, लगायतका बिषयहरुमा तालिम प्रदान गरिएको हो ।

मानसिक स्वास्थ्य तथा परामर्स केन्द्र नेपाल, यूरोपियन यूनियन, यू एन.एफ.पि.ए को आर्थिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो । तालिमको सहजिकरण सामुदायिक मनोसामाजिक कार्यकर्ता संयोजक प्रमिला आरसी, मनोसामाजिक परामर्सकर्ता अम्बीका पुलामी, मनोसामाजिक सुपरिवेक्षक हिमाल गैरेले गर्नुभएको थियो ।

मानसिक स्वास्थ्य तथा परामर्स केन्द्र नेपालको सहयोग र स्वास्थ्य सेवा कार्यालय दैलेखको समन्वमा जिल्ला अस्पताल दैलेखमा रहेको एकद्धार सवलीकरण यन्त्रले महिला हिंसा लगायतका अन्य समस्यामा परेका नागरिकहरुको लागि एकिकृत रुपमा सेवा सञ्चालन गरिरहेको सुपरिवेक्षक हिमाल गैरेले जानकारी दिनुभयो ।

लैङ्गिक हिंसा विरुद्ध भगवतीमाईमा लोकनृत्य प्रतियोगिता

लैङ्गिक हिंसा विरुद्ध अभियानको उपलक्षमा भगवतीमाई गाउँपालिकामा लोकनृत्य प्रतियोगिता गरिएको छ । “घर बाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान अन्तर्गत बुधबार भगवतीमाई गाउँपालिकाको केन्द्र बेस्तडामा गाउपालिकको बडा÷समूह स्तरिय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

गाउँपालिकाको आयोजना र ग्रामिण जलस्रोत व्ययवस्थापन परियोजना एकता फाउण्डेशन नेपाल, सुआहार कार्यक्रम, समुदायमा आधारित संस्था माहासँघको सह आयोजनामा भएको लोक नृत्य प्रतियोगिता कार्यक्रम हरियाली शान्ति युवा क्लव सँखोला प्रथम भएको छ ।

उनिहरुले प्रथम पुरस्कार स्वरुप आठ हजार रूपैया पाएका छन् द्वतिय सुर्यदय शान्ती युवा क्लब मेलिडाँडा पुरस्कार स्वरुप छ हजार रूपैया, तृतिय जागरण शान्ति युवाक्ला चिपिनतडा पुरस्कार स्वरुव चार हजार रूपैया, सान्तोवना जगनाथ महिला समूह मन्घर पुरस्कार स्वरुप एक हजार रूपैया प्राप्त गरेका छन् ।

हरियाली शान्ति युवा समुहले लैङ्गकि हिंसा बिरुद्वको सडक नाटक प्रदर्शन गरि खाजानास्ता बापत पाँच हजार रुपैया प्राप्त गरेका एकता फाउण्डेशन नेपाल सुर्खेत बालबालिका तथा युवा शसक्तिकरणा परियोजना कार्यक्रम अधिकृत जनकप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

Next Post

कांग्रेसको प्रदेश अधिवेशन आज: सभापति देउवाले भर्चुअल उद्घाटन गर्ने

१६ मंसिर २०७८, बिहीबार ०७:४३
काठमाण्डौ । नेपाली कांग्रेसको सात वटै प्रदेशमा आज एकैसाथ प्रदेश अधिवेशन सुरु हुँदैछ । अधिवेशनको पार्टीका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो दुई बजे भर्चुअल उद्घाटन गर्ने तयारी छ । कांग्रेसको महाधिवेशन कार्यतालिका अनुसार आज प्रदेश अधिवेशन उद्घाटन र भोलिदेखि निर्वाचन प्रकृया सुरु हुनेछ । प्रदेश १ को अधिवेशन विराटनगरमा, प्रदेश […]