दैलेखको आठबिस नगरपालिकाको मेयर÷उपमेयर दुवैमा एमाले बिजयी

कर्णालीदृष्टी संवाददाता ४ जेष्ठ २०७९, बुधबार १७:२८

दैलेख । दैलेखको आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । नगर प्रमुखमा नेकपा एमालेका तर्क बहादूर बडुवाल प्रत्यासि नेपाली कांग्रेसका प्रेम प्रकाश शाहीलाई २ सय ६१ मतान्तरले हराउदै बिजयी हुनुभएको हो ।

बडुवालले ५ हजार ३ सय २७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी शाहीले ५ हजार ६६ मत पाउनुभयो ।

यस्तै उपप्रमुखमा पनि नेकपा एमालेका कल्पना थापा ५ हजार १ सय १३ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । प्रत्यासि नेपाली कांग्रेसका उम्मेदवार निशा थापालाई १ सय ४८ मतान्तरले पराजित गर्दै एमालेकी कल्पना थापा उप प्रमुखमा बिजयी हुनुभएको हो ।

उहाँका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार निशा थापाले ४ हजार ९ सय ६५ मत पाउनुभयो । यसअघि २०७४ सालको निर्वाचनमा आठबिस नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उप प्रमुखमा नेपाली कांग्रेसले जितेको थियो ।

Next Post

दैलेखमा कांग्रेस ५, एमाले ४ र माओवादी केन्द्र २ पालिकाको प्रमुख पदमा बिजयी

४ जेष्ठ २०७९, बुधबार १७:२८
दैलेख । दैलेखका सबै पालिकाको मतगणना सकिएको छ । ११ वटा स्थानिय तह रहेको दैलेखमा नेपाली कांग्रेसले ५ पालीका प्रमुखमा बिजयी हासिल गरेको छ भने नेकपा एमाले ४ र नेकपा माओवादी केन्द्र २ वटा पालिकाको प्रमुखमा बिजयी भएका छन । नेपाली कांग्रेसले जिल्लाको दुल्लु नगरपालिकामा प्रमुख, चामुण्डा बिन्द्रासैनि नगरपालिकामा प्रमुख÷उप […]