दैलेख । दैलेखको आठबीस नगरपालिकाको प्रमुख÷उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन । नगर प्रमुखमा नेकपा एमालेका तर्क बहादूर बडुवाल प्रत्यासि नेपाली कांग्रेसका प्रेम प्रकाश शाहीलाई २ सय ६१ मतान्तरले हराउदै बिजयी हुनुभएको हो ।
बडुवालले ५ हजार ३ सय २७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्धन्द्धी शाहीले ५ हजार ६६ मत पाउनुभयो ।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेका कल्पना थापा ५ हजार १ सय १३ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । प्रत्यासि नेपाली कांग्रेसका उम्मेदवार निशा थापालाई १ सय ४८ मतान्तरले पराजित गर्दै एमालेकी कल्पना थापा उप प्रमुखमा बिजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार निशा थापाले ४ हजार ९ सय ६५ मत पाउनुभयो । यसअघि २०७४ सालको निर्वाचनमा आठबिस नगरपालिकाको प्रमुखमा नेकपा एमाले र उप प्रमुखमा नेपाली कांग्रेसले जितेको थियो ।


