एमाले दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित

कर्णालीदृष्टी संवाददाता ३ चैत्र २०७८, बिहीबार ०७:०६

दैलेख । नेपाल कम्युनिष्ट पार्टी नेकपा (एमाले) दैलेखको अध्यक्षमा रविन्द्रराज शर्मा निर्वाचित हुनुभएको छ । प्रतिस्पर्धी सुर्यबहादुर शाहीलाई एक सय ५१ मतले पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

एमाले दैलेखको नयाँ नेतृत्व चयनका लागी बुधवार बिहान ८ बजेदेखी भएको मतदानमा कुल ७ सय २१ मध्ये ६ सय ८४ मत खसेको थियोे भने बुधबार बेलुकी देखी नै मतगणना सूरु गरिएको थियो ।

बुधबार राती सार्वजनीक अन्तीम मत परिणाम अनुसार अध्यक्षमा निर्वाचित शर्माले ४ सय १४ मत प्राप्त गर्नुभयो । अध्यक्षका अर्का प्रतिस्पर्धी सुर्यबहादुर शाहीले २ सय ६३ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा प्रेमबहादुर बुढा निर्वाचित हुनुभएको छ । भैरबी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढा ४ सय ५९ मत प्राप्त उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । उपाध्यक्षका अर्का प्रत्यासी टोप बहादुर बिसीले १ सय ९६ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै एमाले दैलेखको जिल्ला कमिटी सचिवमा तिलक प्रसाद रिजाल निर्वाचित हुनुभएको छ । रिजालले ३ सय ६५ मत प्राप्त गर्नुभयो भने प्रतिस्पर्धी रुद्ध शाहीले ३ सय २ मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपसचिवमा कलावती न्यौपाने र गंगाराम दाहाल निर्वाचित हुनुभएको छ । न्यौपाने २ सय ६४ र दाहालले २ सय २१ मत प्राप्त गर्दै उपसचिव पदमा निर्वाचित हुनुभएको हो ।

दुई उपसचिवका लागि ८ जनाको उम्मेदवारी परेको थियो । उपसचिवमा प्रतिस्पर्धा गरेका चन्द्रप्रसाद दाहालले १ सय ७, जनकप्रसाद न्यौपानेले १ सय ९४, झविराज (कवि) खत्रीले ९३, प्रेमबहादुर खड्काले ९२, विष्णु शाहीले १ सय ४८ र लक्ष्मीकुमारी कार्कीले १ सय ३८ मत प्राप्त गर्नुभएको थियो ।

प्राप्त मतपरिणम यसप्रकार छ ।

Next Post

सांसद मोहन बानियाँ ५ लाख धरौटीमा रिहा

३ चैत्र २०७८, बिहीबार ०७:०६
काठमाडौं । बलात्कारको आरोपमा पक्राउ परेका मुगु जिल्लाका सांसद मोहन बानियाँ ५ लाख धरौटीमा छुटेका छन । जिल्ला अदालत बाँकेका न्यायधीश ईश्वरी भट्टराईको इजलाशले जबरजस्ती करणी मुद्दामा प्रहरी हिरासतमा रहेका बानियाँलाई ५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो । जुम्लाकी ४० वर्षिया शिक्षिकाले आफुलाई नेपालगन्जको होटल सांसद बानियाँले जबरजस्ती करणी […]