दैलेख । पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएपछि दैलेखमा पनि सार्वजनीक स्थलमा २५ जनाभन्दा धेरै व्यक्ती भेला हुन नपाईने भएको छ ।
जिल्ला प्रशासन कार्यालय दैलेखले आज ( मंगलबार) एक सुचना जारी गर्दै नेपालमा कोरोना संक्रमण र नयाँ भेरियन्ट ओमिक्रोन फैलिएको र दैलेख जिल्लामा फैलिन सक्ने अवस्थालाई मध्यजनर गर्दै सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि निर्देशन दिएको हो ।
गृह मन्त्रालयको निर्देशन र कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को सिफारिसलाई आधार मान्दै दैलेख जिल्लामा पनि सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढि भेला हुने गरी मेला लगाउने, धेरै मान्छे जम्मा भई भेला हुने तथा महोत्सबहरु आयोजना गर्ने जस्ता कार्य नगर्न निर्देशन जारी गरीएको हो ।
जिल्ला सुरक्षा समितिको बैठकले गरेको निणर्य अनुसार सार्वजनिक स्थलमा सबै प्रकारका राजतीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं सोहि प्रकृतिकोक कार्यक्रम गर्न नपाईने दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलद्धारा जारी सूचनामा भनिएको छ ।
यस्तै अत्यावश्यक नियमित कार्यक्रमहरुको हकमा स्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्ने गरी जिल्ला प्रशासनको अनुमती लिएर मात्र गर्ने व्यवस्था मिलाउन पनि सुचनामा भनीएको छ ।
यसैबिच आउदो माघ ७ गतेदेखि भने सार्वजनिक स्थानहरुमा प्रबेश गर्दा खोपकार्ड अनीवार्य गरिएको छ । माघ ७ गतेखेखी लागूहुने गरी सार्वजनिक स्थानहरु जस्तै कार्यालय, होटल, रेष्टुरेन्ट, सार्वजनिक यातायात बैंक तथा वित्तीय संस्थामा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।
आफुले लगाएको कोभिड विरुद्धको खोप काडर्को मोबाइलमा खिचीएको फोटो भएपनि मान्य हुने प्रशासनले जनाएको छ ।



