नव निर्वाचित अध्यक्ष, उपाध्यक्षको स्थलगत अनुगमन

कर्णाली दृष्टि संवाददाता १२ जेष्ठ २०७९, बिहीबार १९:५४

दैलेख : महाबु गाउँपालिकाका नव निर्वाचित अध्यक्ष, उपाध्यक्षले योजना अनुगमनको कामलाई तिव्रता दिएका छन् ।

गाउँपालिकाको सदरमुकाम गैडावाज बजारमा धेरै लामो समय देखी खानेपानीको समस्या रहेको र यहाँको जनतालाई स्वच्छ खानेपानी दैनिकी पिउन निकै कष्टकर रहेको थियो ।


बिहिवार बिहान गाउँपालिका अध्यक्ष लछुमन गुरुङ, उपाध्यक्ष मन्जु पाण्डे, प्राविधिक लगायतको टोलिले खानेपानीको मुहानमा स्थलगत अनुगमन गरि गैडावाज बजारलाई दैनिक शुद्ध खानेपानी व्यवस्थित गरेर ल्याउने कामलाई अगाडि बढाएको छ ।

 

Next Post

नयाँ बजेटले ल्यायो कर्णालीमा कृषि विकास कार्यक्रम

१२ जेष्ठ २०७९, बिहीबार १९:५४
काठमाडौं । आर्थिक वर्ष २०७९र८० मा कर्णाली प्रदेशका जिल्लाहरुमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकीकरण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए। आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने बताएका हुन्। ५५ करोड बजेटबाट सो कार्यक्रम सञ्चालन गरिने उनले बताए। त्यस्तै सुर्खेतमा जडीबुटी […]