नयाँ बजेटले ल्यायो कर्णालीमा कृषि विकास कार्यक्रम

कर्णालीदृष्टी संवाददाता १५ जेष्ठ २०७९, आईतवार १८:१५

काठमाडौं । आर्थिक वर्ष २०७९र८० मा कर्णाली प्रदेशका जिल्लाहरुमा रैथाने बालीको संरक्षण गरी कृषिलाई आधुनिकीकरण गरिने अर्थमन्त्री जनार्दन शर्माले बताए।

आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै मन्त्री शर्माले कर्णालीमा कृषि क्षेत्र विकास कार्यक्रम सञ्चालन गरिने बताएका हुन्।

५५ करोड बजेटबाट सो कार्यक्रम सञ्चालन गरिने उनले बताए। त्यस्तै सुर्खेतमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गरिने भएको छ। कर्णालीका हिमाली जिल्लामा स्याउ उत्पादन गर्न कृषकलाई अनुदानको व्यवस्था गरिने भएको छ।

साथै डोल्पामा तिन्जे, धोमा सुक्खा बन्दरगाह स्थापना गर्न सम्भाव्यता अध्ययन गरिने भएको छ।

Next Post

दैलेखको राकममा ट्रमा सेन्टर स्थापना गरिने

१५ जेष्ठ २०७९, आईतवार १८:१५
दैलेख । सरकारले दैलेखको आठविस नगरपालिकाको राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने भएको छ। आइतबार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट भाषण गर्दै अर्थमन्त्री जनार्दन शर्माले कर्णाली कोरिडोरअन्तर्गत राकम कर्णालीमा ट्रमा सेन्टर स्थापना गर्ने बताए। बजेट भाषण गर्दै अर्थमन्त्री शर्माले दुर्गम जिल्लाका स्वास्थ्य कर्मीलाई उत्प्रेरित गर्ने एक […]