आइतबार  चिनियाँ उच्च प्रतिनिधि काठमाडौं आउँदै

चक्र प्रसाद पोख्रेल ११ पुष २०७७, शनिबार २१:२९

काटमाडौं : छिमेकी राष्ट चीनका उच्च अधिकारी आइतबार काठमाडौं आउने भएका छन् ।चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आइतबार काठमाडौं आउन लागेको हो । नेकपा उच्च स्रोत भन्छ, ‘पार्टीमा आएको फुटबारे चिनियाँ कम्युनिस्ट पार्टीले चिन्ता व्यक्त गरेको छ । त्यही चिन्तासहित उपमन्त्री येचौकोको नेपाल भ्रमण हुन लागेको हो ।’

उपमन्त्री येचौकोले नेकपाका शीर्ष नेताहरुलाई नेताहरुलाई भेट्ने बताइएको छ । तर भ्रमणबारे नेकपा र काठमाडौंस्थित चिनियाँ दूताबासले थप बताएको छैन ।यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेटेकी थिइन् । भेटहरुमा उनले पार्टीको विवाद र राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्छ भन्ने बढी चासो राखेकी थिइन् ।

तर चीनले चीनले संसद विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया भने दिएको छैन । चिनियाँ सरकारी सञ्चारमाध्यममा प्रकाशित सामाग्रीहरुले भने पछिल्लो घटनाक्रमप्रति चीन खुसी छैन भन्ने स्पष्ट सन्देश दिएका छन् ।

Next Post

स्थानीय सरकारमा भ्रष्टाचार सम्बन्धी उजुरीको संख्या यस वर्ष पनि बढ्यो

११ पुष २०७७, शनिबार २१:२९
  काठमाडौं :गत ९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको आर्थिक वर्ष २०७६/२०७७ को प्रतिवेदनमा भ्रष्टाचार सम्बन्धी कुल उजुरीमध्ये एक तिहाइ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ । सो प्रतिवेदनमा भनिएको छ, ‘आर्थिक वर्ष २०७६/२०७७ मा विभिन्न मन्त्रालयगत तथा विषयगत उजुरीहरुको संख्या […]