महाबु गाउँपालिका अध्यक्ष गुरूङको निधन

कर्णाली दृष्टि संवाददाता २७ माघ २०७९, शुक्रबार १७:५७

दैलेख : दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लछुमन गुरूङको निधन भएको छ। शुक्रबार बिहान उनको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।

बिहीबार मुटुमा दुखाइ बढेपछि उनलाई जिल्ला सदरमुकाममा रहेको मेडिकलमा ल्याइएको थियो। मेडिकलबाट समस्या नभएको भनेपछि बिहीबार राति नै फिर्ता गरिएको थियो। शुक्रबार बिहान फेरि मुटु दुखेपछि गुरूङलाई सरकारी गाडीमै सदरमुकाम ल्याइएको थियो। उनलाई अस्पताल पुग्नै लाग्दा हृदयघात भएको थियो।

दैलेखका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार बिहान ११ बजेर ३६ मिनेटमा अस्पतालमा उनलाई मृत घोषणा गरेको थियो। २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसबाट महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। ७५ वर्षीय गुरूङ कर्णाली प्रदेशका पालिका प्रमुखमध्ये जेष्ठ सदस्य हुन्, ।

Next Post

सुर्खेत महोत्सवको समय थप नहुने ।

२७ माघ २०७९, शुक्रबार १७:५७
सुर्खेत : सुर्खेत महोत्सवको समय थप नहुने भएको छ ।माघ २० गतेबाट संचालन भएको महोत्सवको मिति आज सकिएको छ । वीरेन्द्रनगर सुर्खेतमा भएको दोस्रो राष्ट्रिय औधोगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी तथा पर्यटन महोत्सव–२०७९ को समय थप नहुने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताए । आयोजकले फागुन ३ […]