सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

कर्णाली दृष्टि संवाददाता ३ फाल्गुन २०७९, बुधबार १७:४५

दैलेख । सुर्खेत रत्नराजमार्ग अन्तर्गत ठुलो बिउरेनीमा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ ।

दिउँसो करिब साढे तिन बजे वीरेन्द्रनगर ११ ठुलो बिउरेनी नजिकै बालुवा लिएर वीरेन्द्रनगर तर्फ आउदै गरेको भे १ त ४४८३ नम्बर ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु, र दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा लेकबेसी नगरपालिकाका १५ का जितेन्द्र नेपाली रहेका छन्, । लेकबेसी नगरपालिका वर्ष १५ सन्दिप सुनार र वीरेन्द्रनगर नगरपालिका ११ का वर्ष २८ जिवन बादीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडक भन्दा २५ मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रहरी नायब उपरिक्षक डिएसपि लक्ष्मण बहादुर शाहीले जानकारी दिएका छन् । घाइतेहरुको माया नर्सिङ होममा उपचार भैरहेको प्रहरीले जानकारी दिए ।

Next Post

महाबुमा नमुना युवा संसद, अभ्यास कार्यक्रम संचालन

३ फाल्गुन २०७९, बुधबार १७:४५
दैलेख । दैलेखको माहबु गाउँपालिकामा बिहीबार देखी नमुना युवा संसद स्थापना कार्यक्रम संचालनमा आएको छ । राष्ट्रिय युवा निति २०७२, तथा युवा भिजन २०२५, को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधार स्तम्भको रुपमा रहेको नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता, बिकास, देशको शासन संचालन प्रणाली र सुशासन […]