बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मंगलबार राति बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका—४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो ।
आक्रमण गरेपछि स्थानीयले चिच्याउन थालेपछि बाघ भागेको थियो । आक्रमणमा गम्भीर घाइते भएकी चौधरीको भुरीगाउँमा उपचारका क्रममा मृत्यु भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाको शव परीक्षणका लागि गुलरियास्थित जिल्ला अस्पतालमा ल्याइएको उहाले जानकारी दिनुभयो । अन्य ४÷५ जना महिलाले भने भागेर ज्यान बचाएका छन् ।


