महाबुमा नमुना युवा संसद, अभ्यास कार्यक्रम संचालन

कर्णाली दृष्टि संवाददाता ४ फाल्गुन २०७९, बिहीबार १७:५१

दैलेख । दैलेखको माहबु गाउँपालिकामा बिहीबार देखी नमुना युवा संसद स्थापना कार्यक्रम संचालनमा आएको छ ।

राष्ट्रिय युवा निति २०७२, तथा युवा भिजन २०२५, को मर्म र भावनालाई आत्मसात गर्दै समृद्ध राष्ट्र निर्माणको आधार स्तम्भको रुपमा रहेको नेपाली युवा वर्गको नेतृत्व तथा क्षमता, बिकास, देशको शासन संचालन प्रणाली र सुशासन सम्बन्धमा युवालाई सुसूचित र सशक्तीकरण गर्दै उनीहरुको सार्बाङ्गिन बिकासका लागि युवा मैत्री निति, योजना, कार्यक्रम र प्राथमिकता निर्धारण गर्न युवा लक्षित संसदीय अभ्यासका माध्यमबाट युवा परिचालन गर्ने उद्देश्यले यस महाबु गाउँपालिकाका ६ वटै वडामा गठन भएका युवा क्लबहरु मध्यबाट कम्तीमा चार जना लाई संसद अभ्यास कार्यक्रमा समेटेको छ।


कार्यक्रममा महाबु गाउँपालिलाका वडा नं.२ का वडा अध्यक्ष अर्थात यश कार्यक्रमका प्रमुख अतिथि प्रकाश राज थापाले युवा भनेको संसद हुन्,।, युवाले चाहे असम्भव केहि छैन। युवा संसद कार्यक्रम बाट केहि सोच्नु भयो भने युवाको लागी अवको गाउँ सभाबाट पारित गर्ने कुरा बताए ।
साथै वडा नं. ४ का वडा अध्यक्ष रामबहादुर शाहीले युवाको लागी ´युवा संसद`कार्यक्रम एकदमै राम्रो छ । यसलाई राम्रो संग अध्यन गर्ने बताए।, र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख कृष्णबहादुर वलीले यश युवा संसद कार्यक्रम को बारेमा प्रकाश पारेका छन्,

राष्ट्रिय युवा परिषद् नेपाल र महाबु गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा,दैलेखको समन्वयमा यहीँ फाल्गुन ४ गते देखी ७ गते सम्म संचालन भएको हो ।

Next Post

भिर्खेत गैडाबाज, कालोपत्रे सडक निर्माण कार्यको सिलन्यास

४ फाल्गुन २०७९, बिहीबार १७:५१
दैलेख : महाबु गाउँपालिकाको सिमाना भिर्खेत हुँदै डुङ्री, बडाखोला, खरिगैरा, गैडाबाज सम्मको सडक कालोपत्रे निर्माण कार्यको शिलान्यास भएको छ । बिहिवार बिहान सडक निर्माण कार्यको सिलन्यास कार्यक्रममा संघिय माननीय अम्मर बहादुर थापा र प्रदेश माननीय कृष्ण कुमार बि.सि. को हातबाट शिलान्यास भएको हो। उक्त सडक निर्माण सिलन्यास कार्यक्रममा महाबु गाउँपालिका […]