कर्णाली प्रदेश पार्टीको वि’वाद मिलाउन ओली र प्रचण्डबीच ४ बुँदे सहमति।

कर्णाली दृष्टि संवाददाता, ४ कार्तिक २०७७, मंगलवार १९:२८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कर्णाली प्रदेशको वि’वा’द समाधानका लागि चार बुँदे सहमति भएको छ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार ओली र प्रचण्डबीच मंगलबार बिहान चार बुँदे सहमति भएको हो।

प्रधानमन्त्री ओली र प्रचण्डबीच मुख्यमन्त्री महेन्द्रबहादुर शाही वि’रु’द्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने, कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री शाहीले हटाउने निर्णय बदर गर्ने,  प्रमुख सचेतकमा मुख्यमन्त्री शाहीले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने, र अनय विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय हुने भएको छ। 

सहमतिका बुँदा-:

-कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

-प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

-मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने र

-अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ अावश्यक निर्णय लिने ।

Next Post

अरिंगालको टोकाइबाट एक बालिकाको मृत्यु ।

४ कार्तिक २०७७, मंगलवार १९:२८
दैलेख । महाबु गाउँपालिकाको वडा नं. ५ काशिकाँध पिपल चौतारा नजिक वर्ष ६ कि पबित्रा विकको अरिंगालको टोकाइबाट मृत्यु भएको छ । सोमबार दिउँसो घर नजिकैको खेतमा बेलाउतिको रुख गएको बेला पुरै अरिंगाल खनिएर उनिलाई टोकेको पबित्राको मामा बिपन विकले कर्णाली दृष्टिलाई जानकारी दिएका छन् । उनका अनुसार दिउँसो सबै […]