१३ हजार ९३ प्रावि शिक्षकका लागि विज्ञापन खुल्यो: कर्णलीमा ८ सय ३२ पदका लागि विज्ञापन

कर्णालीदृष्टी संवाददाता १४ पुष २०७८, बुधबार १६:५५

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहका शिक्षक पदपूर्तिका लागि विज्ञापन खुलाएको छ । आयोगले आज प्रावि तहका १३ हजार ९३ पदमा विज्ञापन खुलाएको हो ।

आउँदो माघ १३ गतेसम्म नियमित शुल्क ५ सय रुपैयाँमा दरखास्त बुझाउन सकिने छ । त्यसपछि माघ २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

कर्णाली प्रदेशको हकमा भने ८ सय ३२ पदका लागि विज्ञापन माग गरिएको छ । जस अन्र्तरगत सबैभन्दा कम रुकुम पश्चिममा १५ र सबैभन्दा बढी सुर्खेतमा १६९ पदमा विज्ञापन खुलाईएको छ भने दैलेखमा १३८ पदमा विज्ञापन खुलाईएको छ ।

यस्तै प्रदेश एकमा ३ हजार ३ सय ३२, प्रदेश दुईमा १ हजार ३ सय २५, वाग्मतीमा २ हजार ५ सय २३, गण्डकीमा २ हजार २ जनाका लागि विज्ञापन गरिएको छ । त्यस्तै लुम्बिनीमा २ हजार ६० र सुदूरपश्चिम प्रदेशमा १ हजार १९ पदमा विज्ञापन माग गरिएको छ ।

आयोगले मावि र निमावि तहमा पनि यसअघि नै विज्ञापन खुलाइसकेको छ । खुला तथा समावेशी पदमा प्रतियोगितात्मक परीक्षामाफर्त स्थायी पदपूर्ति गर्न विज्ञापन माग गरिएको आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारले अनलाइन दरखास्त दिन सक्नेछन् । उम्मेदवारले   online.tsc.gov.np/ मा आवेदन दिन सक्नेछन् ।

Pra Bi Bigyapan

 

 

Next Post

तमु ल्हाेसारमा सार्वजनिक बिदा

१४ पुष २०७८, बुधबार १६:५५
काठमाण्डाै – सरकारले तमु ल्हाेसारकाे अवसरमा भाेलि बिहीवार सार्वजनिक बिदा दिएकाे छ । गृह मन्त्रालयले आज बुधवार विज्ञप्ति निकालेर तमु ल्हाेसारमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिइएकाे जनाएकाे हाे । आजकाे मन्त्रिपरिषद्काे बैठकले तमु ल्हाेसारमा सार्वजनिक बिदा दिने निर्णय गरेकाे मन्त्रालयका उपसचिव शाेभाखर रेग्मीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]