भिर्खेत गैडाबाज, कालोपत्रे सडक निर्माण कार्यको सिलन्यास

कर्णाली दृष्टि संवाददाता ११ फाल्गुन २०७९, बिहीबार १२:३२

दैलेख : महाबु गाउँपालिकाको सिमाना भिर्खेत हुँदै डुङ्री, बडाखोला, खरिगैरा, गैडाबाज सम्मको सडक कालोपत्रे निर्माण कार्यको शिलान्यास भएको छ ।

बिहिवार बिहान सडक निर्माण कार्यको सिलन्यास कार्यक्रममा संघिय माननीय अम्मर बहादुर थापा र प्रदेश माननीय कृष्ण कुमार बि.सि. को हातबाट शिलान्यास भएको हो। उक्त सडक निर्माण सिलन्यास कार्यक्रममा महाबु गाउँपालिका उपाध्यक्ष मन्जु शर्मा पाण्डे पुर्व गाउँपालिका अध्यक्ष जंगबहादुर शाही वडा नं. २ का वडा अध्यक्ष प्रकाश राज थापालगायत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय राज उपाध्याय, लेखा अधिकृत खगेन्द्र कुमार बि.सि. लगाएत स्थानिय बुद्धिजिबि र सरोकार वाला सबैको उपस्थितमा शिलान्यास कार्य भएको थियो।

हाल पहिलो चरणमा सडक निर्माणको काम खरिगैरा स्वास्थ्य चौकी सम्म कालो पत्रे हुने, र गैडाबाज सम्म स्तरोन्नति कार्य हुने भएको छ । शिलान्यास कार्यक्रममा बोल्दै संघ र प्रदेश माननीयले प्रदेश सरकार र केन्द्र सरकार संग पहल गरेर बाकी कामपनी निर्माण गर्ने बताएका छन् ।

Next Post

हजार दिनका आमाहरूलाई पोषण सामग्री र एक दिने अभिमुखिकरण कार्यक्रम

११ फाल्गुन २०७९, बिहीबार १२:३२
दैलेख : महाबु गाउँपालिकामा सुनौला हजार दिनका आमाहरूलाई पोषण सामाग्री सहित, एक दिने, अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार महाबु गाउँपालिका वडा नं. ३ बासिमा “सबैका लागी पोषण, सधैका लागि पोषण” भन्ने मुल नाराका साथ सुनौला “हजार” दिनका आमाहरूलाई पोषण सामाग्री हाते झोला,र सुनौला हजार दिनका आमाहरूलाई सुरक्षीत खानेपानी […]

सम्बन्धित समाचार