बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम

कर्णाली दृष्टि संवाददाता २५ फाल्गुन २०७९, बिहीबार २२:२५

दैलेख । महाबु गाउँपालिकाको वडा नं. २, जगदीश माध्यामिक बिधालयमा बिहिवार बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम भएको हो ।

लैंगिक हिंसा, बाल बिवाह, बहु बिवाह, लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम वडाको जगदीश माध्यमिक बिधालय ऎराडी, बडाखोलामा भएको थियो ।

कार्यक्रममा उपाध्यक्ष मन्जु कुमारी शर्मा पाण्डेले यश कार्यक्रममा बालबालिकालाई ‘बीस बर्ष’ नपुगुनजेल सम्म बिहे नगर्नु र नगरिदुनहुन बिद्यार्थी भाइ बहिनीलाई आग्रह गर्दै आफ्नो मन्तव्य राखेकी थिइन्,।, ‘कार्यक्रमका वडा अध्यक्ष प्रकाश राज थापाले सफल शिक्षा सिकेर अघि बढे यो देशको अनुहार फेर्ने तपाईहरु बिद्यार्थी नै हो, र अभिभावकलाई आफ्नो बालबालिकाको भाग्यरेखा कोर्ने जिम्मा पनि अभिभावकको बताए ।,’कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय प्रमुख नमराज शाहीले लागु पदार्थ लाई महाबु गाउँपालिकाले अन्त्य गर्नु पर्छ । र मदिरा बेचबिखन गर्न नदिनहुनका लागि महाबु गाउँपालिकाले निर्णय गरेर कार्यनीति बनाएर बन्द गरेपछि मात्र हाम्रा बालबालिका सुधार हुने बताए ।, ‘त्यस्तै सोसेक दैलेखकि रमाकुमारी श्रेष्ठले बालविवाह,लागु औषध, छाउपडी पर्था, बहुबिवाहा, घरेलु हिंसा लगाएतका थुप्रै बिषयमा प्रकाश पारेकी थिइन्,।

महाबु गाउँपालिका रोजगार सेवा केन्द्र संयोजक कृष्णबहादुर थापाले महिलाको हक अधिकार र लैंगिक हिंसा सम्बन्धी यौनजन्य दुव्र्यवहार,करणीसम्बन्धी कसुर,बालयौन दुरुपयोग, बोक्सीको आरोप, बालविवाह, साईबर अपराध लगायत कानुन सम्बन्धी आफ्नो भनाइ प्रष्ट पारेका थिए।,´ कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रमेशकुमार कुमार दसौदिले बाल न्यूनीकरण, र महिलामा हुने सारिरिक प्रजनन,छाउगोठ, लगायतका विभिन्न समस्याको समाधान पहिला आफू सुधार भएपछि मात्र अरु सुधार हुन्छन्,।,लगायतका स्वास्थ्य सम्बन्धी आफ्नो भनाइ व्यक्त गरेका थिए। ‘महाबु गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा, प्राबिधिक सन्तोष प्रसाद काफ्ले, खानेपानी सरसफाइ शाखा प्रमुख दिपक कुमार बिष्ट,पशुपंक्षी शाखा प्रमुख प्रेमबहादुर चलाउने, कृषि शाखा प्रमुख बलबहादुर बिष्टले शाखा मार्फत हुने सेवा प्रबाह र बालविवाह छौगोठ सम्बन्धी आफ्नो भनाइ राखेका थिए । ‘ त्यस्तै संयम बिधालयका प्र.अ. भगिरथ शर्मा र नेकपा एमाले जिल्ला कार्य समिति सदस्य लक्ष्मी कार्किले आफ्नो भनाइ राखेका थिए ।

महाबु गाउँपालिका वडा नं. २, को आयोजनामा कानुनी परामर्श दुई दिने जगदीश मा. बि. र केउरेपानी नि.मा. बि.मा सचेतना कार्यक्रम गरेको हो। उक्त कार्यक्रमलाई समन्वय प्रमुख शाहिले उद्घाटन गरेका थिए ।

Next Post

बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम

२५ फाल्गुन २०७९, बिहीबार २२:२५
दैलेख । महाबु गाउँपालिकाको वडा नं. २, जगदीश माध्यामिक बिधालयमा बिहिवार बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम भएको हो । लैंगिक हिंसा, बाल बिवाह, बहु बिवाह, लागु औषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी बिधालय र गाउँटोलमा कानुनी परामर्श तथा सचेतना कार्यक्रम वडाको जगदीश माध्यमिक बिधालय ऎराडी, बडाखोलामा भएको थियो । […]

सम्बन्धित समाचार