
दैलेख : दैलेखको महाबु गाउपालिका -३, बाँसी घर भएकी १३ वर्षिया बालिका अमिषा बुढालाई ब्रेन ट्युमर भएपछि यतिबेला नेपालगन्जस्थित नेपालगन्ज नर्सिङ होमको बेडमा उपचार गरिरहेकी छन् । गरिब तथा अति बिपन्न परिवारमा जन्मेकी अमिशाको जीवन रक्षाको लागि हाल उनका बुबा रण बहादुर बुढा र आमा बसन बुढाले सहयोगको लागि विभन्न व्याक्तिहरुलाई गुहारी रहेका छन् ।
जहान परिवारको पालन पोषणका लागि अमिसाका बुबा बिगत देखि नै भारतमा गएर गुजारा चलाउदै आइरहेका छ्न भने यता घरमा सामान्य खेती किसानी गर्दै आएकि आमाको स्वास्थ्यले पनि बिगत लामो समय देखि नै धोका दिदै आएको छ । उनको उपचारमा पनि पटक पटक गरेर हालसम्म लाखौ रकम खर्च भैसकेको छ ।
हाल अमिशालाइ ब्रेन ट्युमर भै अप्रेसन गर्नु पर्ने र नगरे बच्चाको अल्पआयुमा ज्यान जान सक्ने देखिएकोले केही गाउलेहरु मिलेर सामान्य सहयोग गरिरहेका छ्न तर त्यो पैसाले अस्पतालको बेड चार्ज र औषधि किन्न पनि नपुग्ने बिरामी अमिसाका मामा दिपक विष्टले बताए । उनले भने धन्न गाउलेहरुले अलि अलि भएपनी पैसा उठाएर अहिलेसम्म खर्च चलेको छ। ´अब झन जटिल परिस्थिती छ पैसा आउने ठाउँ छैन कसरी उपचार गर्ने ?
यदि तपाईं देश तथा विदेशमा रहनुहुने आफन्तजन तथा शुबेक्षुक हरुले नानीको उपचारको लागि आर्थिक सहयोग गर्नुहुन्छ भने कृपया तल सम्पुर्ण विवरण तल दिएको छ।,
सहयोग गर्नुहुने ब्यक्तित्व हरुले NCC बैंकमा रहेका निम्न खातामा रकम जम्मा गरि वा ट्रान्सफर गरि सम्बन्धित खातावालालाइ मेसेन्जर बाट भौचर तथा मनि ट्रान्सफर स्लिप पठाउन सक्नु हुनेछ खाताको बिबरण दिपक कुमार बिष्ट : 1520000018713 कृष्ण कुमार बडुवाल: 1520000020310 फोन सम्पर्क गर्न चाहने हरुले 9858065580 र 9848069283 मा कल गर्न सक्नु हुनेछ ।