पुर्ण प्रसाद जैसि कुटपिट गर्नेलाई कडा कार्वाही गर्न, नेपाल शिक्षक संघको माग

कर्णाली दृष्टि संवाददाता ३ जेष्ठ २०८०, बुधबार २०:०६

दैलेख : महाबु गाउँपालीका वडा नं. ३ स्थित श्री मालीका मा.बि. बांसी मा कार्यरत कार्यालय सहयोगी पुर्ण प्रसाद जैसीलाई मंगलबार चक्रबहादुर बुढाले कुटपिट गरेका छन् ।

मालिका माध्यमिक विद्यालयका व्यबस्थापन समिती सदस्य समेत रहेका चक्र बहादुर बुढा लगायत अन्य व्यक्तिहरुको समुहले निज पुर्ण प्रसाद जैसीलाई सक्त घाईते हुनेगरी कुटपिट गरी सडकमा लडायका सोही बिधालयका शिक्षक हरिप्रसाद शर्माले जानकारी दिएका छन् ।

उक्त विद्यालयका व्यबस्थापन समितीका सदस्य चक्र बहादुर बुढाले घाईते पुर्ण प्रसाद जैसीको फोटो खिचि विद्यालय समयमा कार्यालय सहयोगीले मदिरा सेवन गरी अचेत अवस्थामा रोडमा सुतिरहेको भनि सामाजिक सञ्जालमा निजको चरीत्रहत्या र मानव अधिकार हनन हुनेगरी भ्रम फैलाएको र आफु दोषीहरु उक्त घटनाबाट उम्किन खोजेकाले नेपाल शिक्षक संघ महाबु गाउँकार्य समितीले घोर भत्सर्ना गरेको छ ।

यस्ता खाले गतिविधिहरुमा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याई नेपाल शिक्षक संघ महाबु गाउँकार्य समिती हदै सम्मको कार्वाहीको माग गर्दै विद्यालयमा शान्ति सुरक्षाको व्यावस्था मिलाई विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई भयरहित तवरले कार्यसम्पादन गर्न सक्ने वातावरण सृजना गर्न नेपाल शिक्षक संघ महाबु गाउँकार्य समितिले एक विज्ञप्ति मार्फत ध्यानाकर्षण गरेको हो । पुर्ण प्रसाद जैसिको अहिले कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भैरहेको छ।
विज्ञाप्ति

Next Post

महाबु अस्पतालमा नि: शुल्क स्त्रीरोग तथा बालरोग शिविर संचालन हुँदै

३ जेष्ठ २०८०, बुधबार २०:०६
दैलेख : महाबु अस्पतालमा स्त्रीरोग तथा बालरोग बिषेशज्ञ डाक्टरहरुद्वारा चेकजाँच संगै शिविर संचालन हुने भएको छ । प्रदेश अस्पताल सुर्खेतको प्राबिधिक सहयोग तथा महाबु गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यहीँ जेष्ठ २३ र २४ गते महाबु अस्पतालमा स्त्रीरोग तथा बालरोग सम्बन्धि विशेषज्ञ डाक्टरहरु बाट उपचार तथा शिविर संचालन हुनेकुरा स्वास्थ्य शाखा […]