काशिकाँधमा अस्थायी प्रहरी पोष्ट संचालनमा

कर्णाली दृष्टि संवाददाता ८ असार २०८०, शुक्रबार ०९:०८

दैलेख । महाबु गाउँपालिका वडा नं. ५ काशिकाधमा अस्थायी प्रहरी पोष्ट संचालनमा आएको छ । उक्त प्रहरी पोष्ट उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री कृष्ण कुमार बिसिले कार्यक्रमलाई उद्घाटन गरेका थिए । बिसिले कार्यक्रममा बोल्दै प्रहरी पोष्ट परिक्षणमा रहेकोे र स्थानियले साथ सपोट गरे स्थायी प्रहरी चौकी हुने,र अझै ब्यवस्थित बनाउने बताए।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख गगनबहादुर हमालले अस्थायी प्रहरी पोष्टलाइ आउदो निति तथा कार्यक्रमबाट केहि पहल गर्ने । साथै प्रहरी पोष्ट ल्याउनमा महत्त्वपूर्ण भुमिका निभाउने सबैलाई धन्यवाद ! व्यक्त गरेका थिय, । उक्त कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय दैलेखका प्र.ना.उ. किसोर लम्सालले महाबु गाउँपालिका भौगोलिक विकट त्यसैमा पनि काशिकाध अझै बिकटताको कारणले अस्थायी प्रहरी पोष्ट आएको छ ।’यसलाई सरकारले यातायात स्रोत साधनको ब्यबस्थापन गर्ने बताए । ,’उनले एक कार्यक्रम बिच भौगोलिक विकट भएको र एक मात्र प्रहरी चौकी भएको हुँदा समस्याको सावधान गर्न अर्को अस्थायी प्रहरी पोष्ट ल्याएको बताए ।

त्यस्तै महाबु गाउँपालिका का.बा. अध्यक्ष मन्जु शर्मा पाण्डे ,पुर्व गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्याय र वडा नं. ५ का वडा अध्यक्ष दिपबहादुर शाहीले अस्थायी प्रहरी पोष्टलाई संरक्षण गर्न स्थानीय तह र स्थानीय नागरिकको कर्तव्य रहने साथै आफ्नो महत्त्वपूर्ण भनाइ राखेका थिए ।
गाउँपालिका अन्तर्गत वडा नं.५ को सम्पुर्ण एरिया साथै वडा नं.४ र ६ को केही वडा एरियाको शान्ति सुरक्षा कायम गर्ने गरी प्रहरी बरिष्ठ हवल्दार भिम बहादुर चन्दको कमाण्डमा ७ जनाको प्रहरी टोली खटाई अस्थाई प्रहरी पोष्ट काशिकाँध दैलेख स्थापना गरिएको हो ।

Next Post

निर्माणाधीन १० सैयाको महाबु अस्पताल ढलान हालेको केहि महिनामै भास्कियो

८ असार २०८०, शुक्रबार ०९:०८
दैलेख । जिल्लाको महाबु गाउँपालिकामा निर्माणाधीन १० सैयाको महाबु अस्पताल ढलान हालेको केहि महिनामै ढलान भासिएको छ । यो भवनले केहि दिन यता सामाजिक संजालमा चौतर्फी बिरोध संगै आलोचना खेपिरहेको छ ।,’भने ढलानको केहि भाग लोड बडी भई ढलान भास्किदा पानी थिउरिने र पानी चुहिने केहि भाग चर्किने भएको  छ […]