सुर्खेत :कर्णाली प्रदेशको राजधानी सुर्खेतको बिरेन्द्रनगरमा कर्णाली युथ पावरले बृहत सरसफाइ कार्यक्रम आजदेखी सुरु गरेको छ।कर्णालीका सबै जिल्लामा विस्तारै सुरु गरिदै लिने यो कार्यक्रम आज कर्णालीको राजधानी विरेन्द्रनगर सुर्खेतबाट सुरु गरिएको हो ।
सनिवार यरी चोकखि राजाचोक सम्म कर्णाली युथ पावरले मेरो फोहोर मेरो जिम्मेवारी, सफा कर्णाली र हरियो कर्णाली भन्ने मुल नाराकासाथ रोड,नाली, खोर्खेखोला लकायतका मुख्य क्षेत्रकामा रहेका फोहोरमैला उठाउने काम गरेको छ ।साप्ताहिक रुपमा अभियानकै रुपमा आजबाट शुरु भएको सरसफाई अभियानको संयोजन भिम थापाले गरेकाछन भने उनलाई साथ दिन थुप्रै युवायुवतीहरु लागी परेकाछन ।
कर्णाली प्रदेशको राजधानी भएतापनि पछिल्लो समय अत्याधिक मात्रामा फोहोर भएको र नगरपालिकाले पनि खासै ध्यान नदिदा हामीले नै अभियानकै रुपमा सरसफाई गर्नुपरेको संयोजक थापाले कर्णाली दृष्टिलाई जानकारी दिए ।
साप्ताहिक रुपमा नै प्रत्यक शनिबार नियमित सरसफाई गर्नेगरी कार्यक्रम राखिएको र अब सुर्खेतमा मात्र होइन पुरै कर्णालीका जिल्लाहरुमा यसैगरी नियमित सफाई अभियान चलाइने पनि थापाले जानकारी दिए । नगरपालिकाले सरसफाइको लागी प्रत्येक वर्ष करोडौं रकम छुट्याउछ तर सरसफाइ प्रति ध्यान पटक्कै नदिएको अर्का सक्रिय अभियान्ता राजेश हमाल भट्टराईले जानकारी दिए ।
अब देखी प्रत्येक सनिवार सरसफाइ कार्यक्रम गरिने भएकोले सम्पूर्ण विरेन्द्रनगरवासीहरुलाई यस अभियानमा साथदिन समेत संयोजक थापाले आग्रह गरेकाछन ।


