दैलेखको भैरविमा चट्टयाङ्गले एक बालिकाको मृत्यू

कर्णाली दृष्टि संवाददाता १८ चैत्र २०८०, आईतवार १४:५२

सुर्खेत । शनिबार दिउँसो परेको चट्टयाङ्गले घाइते बालिकाको मृत्यू भएको छ । दैलेख भैरबी गाउँपालिका–६ तोरिमुलकी १२ वर्षीया बालिका शर्मिला कँडेलको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिए ।

उनका अनुसार बाख्रा गोठालाबाट फर्किएको बेला घर नजिकैको खनियाको रुखमा परेको चट्टयाङ्गले घाइते बालिकाको दुल्लू अस्पताल प्राथमिक उपपचारपछि थप उपचारको लागि सुर्खेत तर्फ लैजाँदै गर्दा तल्लोडुंगेश्वरदेखि ८ किलोमीटर टाढा तिमिलेखोला पुग्दा शनिबार साँझ मृत्यू भएको सुचना अधिकारीले बताए ।

शर्मिला र उनकी आमा चन्द्रा बाख्रा गोठालाबाट घर नजिकै पुगेको बेला परेको चट्टयाङ्गले एउटा खशी घटनास्थलमै मरेको र एउटा बाख्रा घाइते भएको जानकारी दिइएको छ । बालिकाको शव पोष्टमार्टमका लागि दैलेख अस्पतालमा राखिएको भैरबी गाउँपालिकाका उपाध्यक्ष देबी भण्डारीले बताइन् ।

शर्मिलाले भगवती आधारभूत विद्यालय भाटिचौरबाट हालै कक्षा ६ बाट तेश्रो स्थान हासिल गरेकी थिइन् । उनका बुबा चन्द्रबहादुर र आमा चन्द्रा कँडेलकी एक मात्र छोरी हुन। शर्मिलाका दुई दाजु मध्ये १२ कक्षा उत्तीर्ण जेठो दाजु २१ वर्षीय भानुभक्त काठमाण्डौंमा कोरियन भाषा पढ्दै गरेको र अघिल्लो वर्ष एईई दिएका १६ वर्षीय कान्छो दाजु मनोज भारतमा मजदूरी गर्दै आएका छन् ।

Next Post

बढ्यो पेट्रोलको मुल्य, अरू यथावत्

१८ चैत्र २०८०, आईतवार १४:५२
सुर्खेत । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलेका मूल्यमा प्रतिलिटर ४।७६ रुपैयाँले बढेर आएकोले नेपालमा पनि पेट्रोलमा मूल्य बढाएको हो । जसअन्तर्गत पहिलो वर्गमा पेट्रोल प्रतिलिटर १७२।५०, दोस्रो वर्ग १७४ र तेस्रो वर्गमा १७५ रुपैयाँ पुगेको छ । वृद्धि […]