उद्योग व्यवसायीको समस्या सम्बोधन गर्न पहल गर्छु : प्रदेश प्रमुख मियाँ

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार ०७:२१

कैलाली । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।

उद्योग वाणिज्य सङ्घ कैलालीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सबै व्यापारीहरूको समस्या बुझ्दै समस्या समाधान गर्ने बताएका हुन् ।

‘उद्योगी व्यवसायीहरूलाई सहजता हुनुपर्छ’, प्रदेश प्रमुख मियाँले भने, ‘अहिले तपाइहरूको समस्या सुने ती समस्या समाधान गर्न पहल गर्छु ।’

प्रदेश प्रमुख मियाँलाई व्यवसायीहरूले आर्थिक सङ्कटका कारण सबै भन्दा धेरै प्रभाव उद्योग व्यवसायमा परेको बताएका थिए । उनीहरूले खुल्ला सीमा नाकाका कारण विभिन्न समस्या उत्पन्न भएको भन्दै सीमा सुरक्षामा पनि पहल गर्न आग्रह गरेका थिए ।

उद्योग वाणिज्य सङ्घ कैलालीका अध्यक्ष पुष्प कुवरले प्रदेश प्रमुखलाई स्वागत गर्दै प्रदेशको समृद्धि र विकासमा आफूहरूले पनि भूमिका खेलिरहेको बताए । उनले सरकार उद्योगी व्यवसायीहरूको समस्याबारे गम्भीर हुन आवश्यक रहेको बताएका थिए ।

Next Post

उपनिर्वाचनका लागि उम्मेदवार छान्न कांग्रेसलाई सकस, आज पनि बैठक बस्दै

२२ चैत्र २०८०, बिहीबार ०७:२१
काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न […]