निर्वाचन आयोगले तोक्यो इलाम-२ मा मुख्य निर्वाचन अधिकृत

कर्णाली दृष्टि संवाददाता २१ चैत्र २०८०, बुधबार १०:३०

सुर्खेत । निर्वाचन आयोगले इलाम २ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय भने यही चैत २२ मा इलाम सदरमुकाममा स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

उपनिर्वाचन कार्यतालिका अनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ । उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन् ।
निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ ।
इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन् ।

Next Post

उच्च मूल्यबाट घट्यो सुनको भाउ

२१ चैत्र २०८०, बुधबार १०:३०
काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा झरेको नेपाल […]