उपनिर्वाचनका लागि उम्मेदवार छान्न कांग्रेसलाई सकस, आज पनि बैठक बस्दै

कर्णाली दृष्टि संवाददाता २२ चैत्र २०८०, बिहीबार ०८:०२

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहान ९ बजे बैठक बस्ने कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

यसअघि बुधबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म छलफल हुँदा पनि उपनिर्वाचनको उम्मेदवार टुंगो नलागेपछि आज पुनः बैठक बस्न लागेको हो । उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन सभापति देउवा तीन दिनदेखि नियमित छलफलमा छन् ।

इलाम, २ र बझाङ प्रदेशसभा १ को उपनिर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसमा चर्को रस्साकस्सी देखिएको छ । इलाम(२ को टिकटका लागि जिल्ला सभापति डम्बर खड्का र महाधिवेशन प्रतिनिधि भेषराज आचार्यबिच मुख्य भिडन्त छ । सभापति देउवाले खड्काको नाम प्रस्ताव गरेका छन् भने विकल्पमा नेता शेखर कोइरालाले आचार्यको नाम अगाडि सारेका छन् ।

यस्तै बझाङ प्रदेशसभा १ को उम्मेदवारमा पनि जगत जोशी र अभिषेक सिंहको हानथाप चलिरहेको नेताहरू बताउँछन् । देउवाले सिंह र कोइरालाले जोशीको नाममा अडान लिइरहेका छन् ।

कांग्रेस सह(महामन्त्री बद्री पाण्डेले आज बिहान उम्मेदवारका आकांक्षी र सम्बन्धित जिल्लाका नेताहरूसँग छलफल हुने बताए । पार्टी केन्द्र र उम्मेदवारका आकांक्षीबिच एकता गराएर आजै उम्मेदवार टुंगो लगाइने पाण्डेले बताए ।

Next Post

डिभिजन जलाधार व्यबस्थापन कार्यालय जुम्लाको सुचना

२२ चैत्र २०८०, बिहीबार ०८:०२
काठमाडौं। मध्यरातमा गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेका छन।, मादक पदार्थ पिएर होहल्ला गरिरहेको अवस्थामा गायक राईसहित तीन जनालाई नियन्त्रणमा लिइएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए। ‘उनीहरू तीनै जनालाई गएराति नियन्त्रणमा लिई नयाँ बानेश्वर प्रहरी वृत्तमा राखिएको छ’, उनले भने, ‘घटनाबारे अनुसन्धान भइरहेको छ।’ प्रहरी […]