विनियोजन विधेयक राष्ट्रियसभाबाट पारित

शुक्रबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित

कर्णालीदृष्टी संवाददाता ७ आश्विन २०७८, बिहीबार १५:११

काठमाडौं ।   स्ष्ट्रियसभा बैठकले ‘विनियोजन विधेयक २०७८’ बहुमतले पारित गरेको छ। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको अनुमतिमा अर्थमन्त्री जनार्दन शर्माले विधेयक पेस गरेका थिए।

मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकैबीच यो विधेयक टेबुल गरिएको थियो। एमालेको अवरोध आज पनि जारी थियो। बैठक शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।

Next Post

प्रदेश अस्पताललाई स्वास्थ्य सामग्री सहयोग

७ आश्विन २०७८, बिहीबार १५:११
सुर्खेत । कर्णाली प्रदेश अस्पताललाई एक अन्तर्राष्ट्रिय संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । व्याक टू लाइफ नामक अन्तर्राष्ट्रिय संस्थाले एक करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो।कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा सहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । संस्थाले एनेस्थेसिया मेसिन १ थान , प्यासेन्ट […]