महाबुको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका गुरुङ र पाण्डे विजयी

कर्णालीदृष्टी संवाददाता २ जेष्ठ २०७९, सोमबार १५:३०

दैलेख । दैलेखको महाबु गाउँपालिकामा नेपाली काँग्रेसका लक्षमण गुरुङ विजयी भएका छन । गुरुङले एमालेका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार हरिप्रसाद उपाध्यायलाई पराजित गर्दै विजयी भएका हुन ।

अध्यक्षमा निर्वाचित गुरुङले २ हजार ९७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५१९ मत ल्याउँदै पराजित भएका महाबुका निर्वाचन अधिकृत वीरेन्द्र केसीले जानकारी दिए ।

अध्यक्षमा गाउँपालिका निवर्तमान अध्यक्ष एकीकृत समाजवादीका उम्मेदवार जङ्गबहादुर शाहीले २ हजार २६८ मत ल्याएको जनाइएको छ । शाही २०७४ मा स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षमा एमालेबाट निर्वाचित भएका थिए ।

यसैबिच गाउँपालिका उपाध्यक्षमा नेपाली काँग्रेसका मञ्जु पाण्डे विजयी भएकी छन । पाण्डेले एमालेका उम्मेदवार दुर्गा सिंहलाई पराजित गर्दै उपाध्यक्षमा विजयी भएकी हुन । विजयी पाण्डेले ३ हजार १५५ मत प्राप्त गरेकी छन् भने पराजित सिंहले २ हजार ३०१, समाजवादीका पुन्यप्रभा दशौदीले २ हजार ११३ मत प्राप्त गरेकी जनाइएको छ ।

Next Post

दैलेखको भगवतीमाई गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

२ जेष्ठ २०७९, सोमबार १५:३०
दैलेख । दैलेखको भगवतीमाई गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका गणेशबहादूर थापा बिजयी हुनुभएको छ । थापा २ हजार ८ सय ४६ मत प्राप्त गर्दै गाउपालिका अध्यक्षमा विजयी हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दशरथ खड्काले २ हजार २ सय ३ मत ल्याउँदा र नेकपा एमालेका शान्तिप्रसाद शर्माले १ […]

सम्बन्धित समाचार