कर्णालीको मन्त्रीपदमा रनसिंहले लिए सपथ

कर्णालीदृष्टि संवाददाता १२ बैशाख २०८१, बुधबार १८:०३

सुर्खेत । कर्णाली प्रदेशको मन्त्री मण्डलमा एक जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रबाट रनसिंह परियारले विना विभागीय मन्त्रीको पद तथा गोपनियताको सपथ लिएका हुन् ।

उनलाई बुधबार प्रदेश प्रमुख तिलक परियालले सपथ खुवाएका हुन् । मन्त्रीमा नियुक्त ुभएका परियार माओवादी संसदीय दलका प्रमुख सचेतक हुन । गत चैत्र २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्री यामलाल कँडेलले १५ दिनपछि मन्त्रीपरिषद विस्तार गरेका गरेका हुन् । सत्ता साझेदार दलविच मन्त्रालय भागवण्डाको विषयमा सहमति हुन नसक्दा मन्त्रीपरिषद् विस्तार हुन सकेको थिएन् ।

मंगलबार एमालेले मुख्यमन्त्रीसहित चार र माओवादीले चार मन्त्रालय लिने सहमति जुटेपछि परियारले सपथ लिनुभएको हो । बाकीँ मन्त्रीको सपथ बिहिवार मुख्यमन्त्रीले बिस्वासको मत लिएपछी बिस्तार हुने जनाईएको छ

Next Post

कर्णालीका ठुला आयोजनालाई प्राथमिकतामा राख्न मुख्यमन्त्रीको आग्रह

१२ बैशाख २०८१, बुधबार १८:०३
सुर्खेत । कर्णाली प्रदेशका मुखयमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त परिषदको नवौं बैठकमा प्रदेश सरकारका तर्फबाट सङ्घीय सरकारलाई ठुला आयोजना प्राथमिकतामा राखिदिन सुझाव पेश गर्नुभएको छ । सङ्घीय सरकारका अर्थमन्त्री वर्षमान पुनको अध्यक्षतामा सम्पन्न बैठकमा कँडेलले सुझाव पेश गर्नुभएको हो । बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहेको थियो । कँडेलले […]