हराईरहेका एक व्यक्तीको ४१ दिनपछि शव भेटीयो

कर्णालीदृष्टी संवाददाता २६ पुष २०७८, सोमबार ०७:०८

दैलेख । गत मंसिर १४ गतेबाट हराएका दैलेखको दुल्लु नगरपालिका–७ का उपेन्द्रमान श्रेष्ठको शव फेला परेको छ ।

गएको मंसिर १४ गते दुल्लुबाट सुर्खेत हिडका ३६ वर्षीय श्रेष्ठको तल्लोडुंगेश्वर सियाकोट सडक खण्डको गुराँस गाउँपालिका–२ जकत्रे खोलामा सडकबाट अन्दाजी दुईसय मिटर तल शव फेला परेको दैलेख प्रहरीले जनाएको छ ।

प्रहरी र आफन्तले खोजी गर्ने क्रममा आईतबार विहान उनको शब फेला परेको दैलेख प्रहरी प्रमुख भुवेश्वर साहले बताउनुभयो ।

श्रेष्ठको शव नजिकै फेला परेको कर्णाली प्रदेश ०२ प ६६५८ नम्बरको मोटरसाईकल समेत प्रहरीले बरामद गरेको छ । घटना के कारणले भएको भन्ने एकीन भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दैलेख ल्याएको प्रहरी प्रमुख साहले बताउनुभयो ।

Next Post

दैलेखमा खोलामा करेन्ट लगाएर माछा मार्नेलाई ४ जनालाई जरीवाना

२६ पुष २०७८, सोमबार ०७:०८
दैलेख । दैलेखमा खोलामा करेन्ट लगाएर माछा मार्ने ४ जनालाई पक्राउ गरी जनही २ हजार रुपैया जरीवाना गरिएको छ । नौमूले गाउँपालिका १ र ६ मा पर्ने लोहोरे खोलामा करेन्ट लगाएर माछा मारेको आरोपमा पक्राउ परेका ४ जनालाई स्थानीय प्रशासनले जनही २ हजार जरिवाना गरेर छाडीएको जिल्ला प्रहरी कार्यालय दैलेखले […]