छामघाट खोला (कविता)

कौशिला अधिकारी १० पुष २०७७, शुक्रबार २१:२८

 

पश्चिम दैलख ड‍ोक्रा गाँउको प्यारो छ छामघाटको ख‍ोला
निश्छल स्वच्छ गँगा सधै बगिरहने छ प्यारो छामघाटको खोला

माछा मार्ने, पौडि खेल्न जाने ठाउँ छ प्यारो छामघाटो खोला
पानी प्यास मेटाई महेल फाल्ने ठाँउ छ प्यारो छामघाटको खोला

अन्न पिस्न घट्ट जाने गाई भैंसी चराउने ठाउँ छ प्यारो छामघाटको खोला
सम्झना छ अतृप्त बालापन त्यै खोलामा खै कसरी मेटाउने होला

सधैभरी एकनास बगिरहने त्यो प्यारो छामघाटको खोला
साँझमा सुस्केरा हालि खेलिराख्छ प्यारो छामघाटको खोला

ढडिया जाल हानि माछा मार्छन यहि प्यारो छाघाटको खोला
इच्छा छ बाँचे भेट गरौँला फेरि मेरा प्यारो छामघाटको खोला

नाङगैबुङ्गै भई पौडि खेलि वालुवामा सुत्थेउ प्यारो छामघाटको खोला
मरेपछि लाने पर्ने डोक्रा गाँउको प्यारो छामघाटको आर्यघाट खोला

रोपार्निले रोपाई गरि हिलो मैँलो फाल्ने ठाउँ हो छामघाटको खोला
पानीबाट मिल चलाई तोरी पेल्ने ठाउँ हो छामघाटको खोला

अब पानीबाट बिधुत निकाली झिलिमिलि पार्ने त्यै हो छामघाटकोखोला
अब सरकारले डोक्रा गाँउको अवस्था हेरी बिकास गरिदिनु होला

कौशिला अधिकारी
तातापानी सुर्खेत

Next Post

कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीका लागि नयाँ परीक्षा तालिका सार्वजनिक

१० पुष २०७७, शुक्रबार २१:२८
काठमाण्डौ :कोरोनाको कारण कक्षा १२ को परीक्षा दिन छुटेका विद्यार्थीले आउँदो १६ गतेदेखि परीक्षा दिन पाउने भएका छन् ।राष्ट्रिय परीक्षा बोर्डले कोरोनाको कारण यसअघि परीक्षा दिन नपाएका विद्यार्थीलाई फेरि परीक्षा दिन पाउने गरी तालिका सार्वजनिक गरेको हो । पुस १६ गतेदेखि सम्बन्धित विद्यालयमै मौका परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ […]